माओवादीको २१ औ शताव्दिको जनवाद एमालेको जवज भएको अनेरास्वियू अध्यक्ष ढुङगेलको दावी
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_1187.html
जेठ ३
एमाले पार्टीभित्र सत्ता लिप्साको ठुलो समस्या रहेको अनेरास्वियू केन्द्रय अध्यक्ष वाधव ढुङ्गेलले आरोप लगाउनु भएको छ । अनेरास्वियू सिन्धुलीले आज सिन्धुलीमाढीमा मदन भण्डारी एवं जिवराज आश्रीतको १८ औ स्मृती दिवसको अवसरमा वोल्दै ढुङ्गेलले माओवादीले १५ हजार मानिस मर्दापनी देशमा परिवर्तन नभएको तर सात दलले गरेको शान्तिपुर्ण आन्दोलनवाट नै सधिऔदेखीको राजतन्त्र अन्त्य भएको वताउनुभयो ।
अनेरास्वियू अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम समेत रहेको सो कार्यक्रममा अनेरास्वियू अध्यक्ष ढुङ्गेलले माओवादीको २१ औ शताव्दिको जनवाद भनेकै एमालेको जनताको वहुदलिय जनवाद भएको दावी समेत गर्नुभयो ।
माओवादीसगँ युद्ध गर्ने कुनै दम नरहेको भन्दै माओवादी अव युद्धमा नफर्कने दावि गदै नेता हुन विचारले परिपक्कता हुनुपर्ने वताउनुभयो । कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य केशव देवकोटाले मदन आश्रीतका हत्यारालाई अझै पार्टिले पत्ता लगाउन नसक्नुमा आक्रोश व्यक्त गर्नुभयो । उहाँले मदन आश्रीत सगँ सम्वन्धीत चलचित्र दासढुङ्गालाई एमाले नेत्तृवको सरकारले नै सन्सरसिप लगाएकोमा आपत्ती जनाउनु भयो ।
सोहि कार्यक्रममा अनेरास्वियूका सचिव सरोद यादवएमाले सिन्धुलीका अध्यक्ष कमलजगँ राईसिन्धुली क्षेत्र नम्वर दुईका अध्यक्ष खड्ख खत्रीसचिव प्रल्लाद पोखरेलप्रेस चौतारीका केन्द्रिय द्धारिका काफ्ले कार्यक्रममा मन्तव्य राख्नु भएको थियो । अनेरास्वियू सिन्धुलीका अध्यक्ष टिकाजगँ थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकर्तालाई भोली सम्म प्रशिक्षण दिईने अनेरास्वियूले जनाएको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !