अर्गानिक चियाले उचित मुल्य नपाएपछि रामेछापका किसानहरु चिन्तित
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_9911.html
उमा केसी/जेठ ३/रामेछाप
रामेछापको बाम्तीभण्डार गाविसमा लगाइएको अर्गानिक चियाले बजार तथा उचित मुल्य नपाएपछि किसानहरु चिन्तित बनेका छन् । रामेछापको उत्तरी क्षेत्रमा पर्ने त्यस गाविसमा किसानहरुले एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा चिया खेती गर्दै आएका छन् ।
समुन्द्री सतहबाट ७ हजार ५० फिट उचाईमा रहेको बाम्तीभण्डार गाविसका किसानहरुले लगाएको अर्गानिक चिया अन्य चियाको तुलनामा महँगो भएका कारण मुल्य नपाएको किसानहरुको भनाई छ । आफूले २०५५ सालमा दार्जिलिङबाट विरुवा ल्याई अर्गानिक चियाको खेती सुरु गरेको भए पनि आफूले उत्पादन गरेको चियाले उचित मुल्य नपाएपछि चिया प्रतिको आकर्षण घट्दै गएको स्थानिय किसान लोप्सन छिरिङ सेर्पाले बताउनुभयो । अन्य चिया प्रतिकेजी २ सय पचास रुपैँयादेखि ३ सयसम्म पाईने र त्यहाँ उत्पादन गरिएको अर्गानिक चिया प्रतिकेजी १ हजार रुपैँयासम्म पर्ने भएकोले पनि त्यहाँको अर्गानिक चियाले राम्रो मुल्य पाउन नसकेको स्थानीय व्यापारीहरुको भनाई छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !