जमिन्दारको जग्गा कव्जा गरी ,२२ घर मुसहर समुदाय जिवनयापन गदै
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_440.html
संजय कुमार बिश्वकर्मा/जेठ ३/लहान
भुमि-अधिकार माच सिरहा सम्वद्ध प्रगतिशिल भुमि-अधिकार माच भवानिपुर-९ मेदनिपुर का २२ घर मुसहर समुदायहरुले जमिन्दारको ३ विग्हा १० कठ्ठा जग्गा कव्जा गरि विगत ४ वर्ष देखि सामुहिक खेति गर्दै आईरहेकोछ । सो समुदायहरु भुमिहिन समुदाय भएका ले भुमि-अधिकार माचको नेतृत्वमा त्यै गाबिस अन्तर्गत पर्ने जमिन्दार ललितमणि दिक्षितको बाँझो जग्गा कव्जा गरि सामुहिक खेति गरिरहेको सङगठनका अध्यक्ष सुकदेव सादय ले वताएका छन ।
सो खेतिवाट उव्जा हुने धानगहुँ लगायत अन्य अन्नबालिहरु बाट प्रत्येक घर धुरीले ५५ किलो वरावरको अन्न जम्मा गरि भुमि आन्दोलनमा खर्च गरिरहेको भुमि आन्दोलनका अगुवा सुर्य नारायाण राम ले वताउनु भएको छ ।
यसैबिच सो जग्गा बाट आम्दानी भएको रकमले उनीहरुको जिबनमा धरै परीबर्तन आएको र प्रत्यके साल प्रत्येक घरधुरीहरुले त्यै जमीन्दारको २२ कठ्ठा बराबरको जग्गा समेत किन्ने गरेको किसान दुखी सदाय ले बताएका छन । किसान सदाय का अनुसार जनचेतना दलित संगम सप्तरीले उनीहरुलाई सिचाँई गर्नका लागी वोडङ मोटर मिटर डिलॆभरि पाइप लगायतका ५० हजार वारावरको सहयोग गरेको बताउनुभयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !