महोत्सवको पैसा हिनामिन हुनसक्ने भन्दै खातापाता सारियो
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_14.html
सिन्धुली दर्पण/वैशाख ३०
मध्यमााचल क्षेत्रीय महोत्सवमा भएको खर्च पारदर्शी नभएको भन्दै आलोचना भईरहेको वेला महोत्सव मुल आयोजक समितीको नाममा रहेको खाता आज सिन्धुली उधोग वाणिज्य सघंको नाममा सार्ने सहमती भएको छ । राजनैतिक दलहरुले महोत्सवमा अवैधानिक ढङ्गले खर्च भएको भन्दै असहमती जनाउदै आएको भन्दै आज भने तिनै दलहरुको सहमतीले खाता सार्ने सहमती भएको हो ।
खाता उद्योग वाणिज्य सघको नाममा सारेपछी कतिपय महोत्सवमा उठाउन वाकी रहेको रकम हिनामिना हुन सक्ने केहि व्यापारीहरुले गुनासो गरेका छन् । महोत्सवमा अपारदर्शी रुपमा खर्च भएको भन्दै दलहरुले केहि दिन अघी आपत्ती जनाएपनी आजभने खाता सार्न उनिहरु सहमत भएका हुन् । जिल्ला विकास समिती र कमलामाई नगरपालीकाका कर्मचारीले महोत्सव खर्चप्रती असहमती जनाएका छन् । महोत्सवमा एउटै शिर्षकलाई धेरै उपशिर्षक वनाएर खर्च गरिएको छ । त्यसैले गर्दा महोत्सवको खर्च अपारदर्शी भएको दलहरुले वताएका थिए ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !