सिन्धुलीमा वाह्रै महिना जुनार पाइन थाल्यो
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_1814.html
मिनकुमार दाहाल/जेठ ८
जुनार लाई आवश्यक पर्ने चिस्यानका लागी सेलार स्टोर भित्रै पानी वग्ने कुलेसोवाट पानी वगाएर चिस्यान दिने गरेका छन् श्रेष्ठले । सेलार स्टोरको लागी जुनार कृषक श्रेष्ठले खासै नयाँ प्रविधी प्रयोग गरेको देखी दैन । मात्रै जुनारलाई आवश्यक पर्ने तातो चिसोको तापक्रम मिलाएर उनले सेलार स्टोरमा उले राखेका छन् ।
जुनारलाई प्रतिकुल मौसममा पनि राख्न सकिने जुनार कूषक श्रेष्ठ वताउनुहुन्छ । मैले गरेको अनुसन्धान सफल भएको छ मंसिर महिनामा वोटवाट टिपेको जुनार अशोज सम्म वजारमा दिन सक्छु श्रेष्ठ । कोल्ड स्टोरमा राखेको जुनार एक दिन पछि कुहिन्छ । सेलार स्टोरमा राखेको जुनार स्टोरवाट वाहीर एक हप्ता राखेपछि कुहिदैन श्रेष्ठको तर्क छ ।
तिस वर्षको अनुसन्धानमा जुनारको दानाले सास फेर्ने देखी न्यायो पार्ने तरिका सम्म पत्ता लगाएको छु मेरो जिवनको पहिलो अनुभव सफल भएकोमा खुसी छन् । सिन्धुलीमा जुनारको पिता भनेर सवैले श्रेष्ठलाई चिन्ने गरेका छन् । उनैले सिन्धुलीमा जुनार खेतीको सुरु गर्नुभएको हो । उहाँले वनाएको सिन्धुली जिल्लाकै एक मात्र सेलार स्टोरमा २ लाख जुनारका दाना अट्ने क्षमता रहेको छन । आफ्नै वगैचामा गत वर्ष फलेको करिव दुइ ट्रक जुनार सेलार स्टोरमा राखेको थिए । जेठमा पनि मंसीरकै जस्तो झरीलो पन भएको जुनार सेलार भित्र छ । अहिले सम्म सेलारमा राखेको एक दानमा पनि जुनार नकुहिएकोले सेलार स्टोर वनाउन सफल भएको दावी छ उहाँको । सिन्धुलीको रतनचुरा गाविसका जुनार कृषक श्रेष्ठले २०२८ साल देखीको निरन्तर प्रयासवाट आफ्नै जग्गामा सेलार स्टोर वनाउ सफल भएका हुन । जमिनमा सुरुङ्ग घर वनाएर जुनार लाई आवश्यक पर्ने तापक्रम सेलार स्टोर राख्न सफल भए पछि जुनार वाह्रै महिना पाउन सम्भव भएको हो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !