"दिदि एक प्लेट चाउमिन बनाई दिनुस् न"


उमा पौडेल/जेठ ८
"दिदि एक प्लेट चाउमिन बनाई दिनुस् न"  तपाई सिन्धुली आएर खाजा खान लाग्नुभयो भने तपाईले दिदि बैनि हरुलाई नै आग्रह गर्नुपर्छ  किनकि आजभोली होटल ब्यवसायी महिलाको सँख्या दिनानुदिन बढ्दै गएको छ । 

धेरै आम्दानी हुने र आफ्नो खर्च आफै जुटाउनको निम्ती यस्तो ब्यवसाय गरेको महिला दिदिबैनी हरुको भनाई छ । सिन्धुलीमा होटेल ब्यवसाय गर्ने महिला दिदि बैनि हरुको ईतिहास भने सारे लामो छैन  बिगत १ बर्ष देखि हो महिला दिदि बैनि हरु होटल ब्यवसाय तर्फ आकर्षित हुन लागेको अनि होटेल ब्यवसाय सँचालन गर्न लागेको । सिन्धुली जिल्लाको सदरमुकाममा नै २  दर्जन अर्थात २४ भन्दा बढि होटेल हरु महिला द्धारा सँचालित छन् ।  

अनि महिलाले सँचालन गरेको होटेलमा होटलका ग्राहक हरु पनि महिला नै आउने ब्यवसायी महिला दिदि बैनि हरु बताउनु हुन्छ । होटेल ब्यवसाय गर्दे आउनु भएकि निशा थापा भन्नुहुन्छ  १ बर्ष भयो मैले होटेल सँचालन गरेको होटेल सँचालन गरेको सूरुवात बाटै हो मैले आफु र आफ्नो छोरा छोरी को निम्ति आवश्यक पर्ने खर्च आफैले जुटाईरहेकी छु अनि घर खर्च पनि आफैले टारेकि छु । सम्पुर्ण खर्च आफैले टार्न सकेको र अरु लाई गुहार्नु नपरेकोमा निसा थापा मात्र हैन सँगिता कार्कि पनि गर्व गर्नुहुन्छ । अझ उहा त भन्नु हुन्छ श्रीमान् लाई पनि पालेकि छु । सँगीता दिदि भन्नुहुन्छ म पकाउछु श्रीमान् भाडा माझ्नुहुन्छ  ।

 यस्तो कार्यले श्रीमान् र श्रीमती राम्रो स्ाम्बन्ध स्थापना भएको र सम्पुर्ण खर्च को लागी कुनै पनि अप्ठ्यारो नभएको उहाको भनाई छ । घर खर्च र श्रीमान् लाई पालेको मात्र हैन्ा हामिसँग होटेल ब्यवसाय नै गरेर २ बिगाहा जग्गा किन्ने अम्बिका कार्कि पनि हुनुहुन्छ  अम्बिका भन्नुहुन्छ  सायद म नै होला सिन्धुलीको पुरानो महिला होटेल ब्यवसायी ३ बर्ष भयो मैले होटेलमा काम गर्न लागेको मेरो पालाको कुनै पनि होटेलहरु अहिले सम्म छैनन् । समाजले होटेल सँचालन गने महिलालाई नराम्रो दृष्टिकोणले हेर्न लागेपछि मेरो पालाको सबै साथिहरुले छाड्नुभयो यो ब्यवसाय तर म समाजको पछाडि नलागि कन आफ्नै कामामा ध्यान दिन लागे अनि २ कठ्ठा जग्गा किनेकि हु ।

सफल हुन लाई अरुले के भन्ला भन्ने कहिले पनि सोच्न नहुने उहाको अनुभब छ । यस्तै यी भन्दा अलिकति छुट्टै उदाहरण हामिसँग अस्मिता बिक को पनि छ । उहा एक सफल होटेल ब्यवसायी महिला हुनुहुन्छ । महिला हुन् या पृुरुष दुबैलाई दलित भनेपछि नराम्रो दृष्टिले हेर्ने अनि हेप्ने र छोएको नखाने लगायतका समस्या हरु हाल सम्म पनि छन् हाम्रो सिन्ध्ाुलीका सदरमुकाम अनि कुना काप्चा हरुमा तर उहा त एक दलित महिला भएर पनि आफ्नो कार्य एक दमै सफलताका साथ सँचालन भईरहेको बताउनुहुन्छ । दलित भनेर कस्ौले पनि नराम्रो दृष्टिले नहेरेको उहा बताउनुहुन्छ  अम्बिका बिक भन्नुहुन्छ होटेल ब्यवसाय पछि आफैमा स बैले सम्मान गरेजस्तो लाग्छ  भन्दै पछिल्ला दिनमा पनि होटेल ब्यवसायलाई निरन्तरता दिने अम्बिका बताउनुहुन्छ ।

सिन्धुलीमाढीमा महिलाद्धारा सँचालित ३ दर्जन भन्दा बढि होटेलहरुबाट मासिक पन्ध्र हजारदेखी  देखि विस हजारसम्म सम्म आम्दानी हुनॆ होटेल ब्यवसायमा सँलग्न दिदिबैनीहरु बताउनु हुन्छ ।  महिला द्धारा सँचालन भएका बाहेक सिन्धुली जिल्लामा सँचालन भएका अन्य होटेल हरु पनि महिला र पुरुष दुबैको सकि्रयता र सहभागितामा सँचालित छन् ।  

 महिलाले गरेको काममा महिला हरु मात्र हैन् पुरुषहरु सन्तुष्ट हुनुहुनुहुन्छ । सिन्धुलीमाढीमा यति धेरै महिला हरु आफ्नो खुट्टामा आफै उभिन मात्र हैन अरु लाइृ उभ्याउनको निम्ति पनि सक्षम भएका छन् । पछिल्लो समयमा महिला लाई पनि सकि्रय रुपमा पाउदा बिकास र परीबर्तन ले गति लिन थालेको आभास हुन्छ समाजका हरेक क्षेत्रमा महिला हरु सजग र अग्रसर हुने हो भने महिला पछि परे भन्ने वाक्य ईतिहासमा मात्र सिमित रहन सफल हुन्थ्यो ।  

Related

विचाररसाहित्य 6641251180809018013

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item