गीत

मायाको चिनो दियौ टिपी फूलको थुङ्गा
देउता मानी पुजेको थेँ रैछौ तिमी ढुङ्गा ।

फूल वैलाई झरिजान्छ नवैलिने माया
यस्तो लाग्थ्यो जिन्दगीमा नमैलिने माया
आखिर सबै झुटो रैछ माया भन्ने खेल
सत्य साँचो हुन्छ भन्थेँ हुँदो रैछ झेल ।

तिमीलाई नै मागेको छु भन्थ्यो देउतासँग
धनको पछि लाग्यो आज गयो अर्कैसँग
जीवनभरको साथ भन्थेँ छोटो रैछ माया
रुप सुन्दर भए पनि खोटो रैछ माया ।

केदार श्रेष्ठ'गगन'
भीमस्थान-५,सिन्धुली
हाल यू.ए.ई.

Related

विचाररसाहित्य 4829858797648463522

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item