२९ बॊरा गाँजा नष्ट


अनु खनाल/महोत्तरी/जेठ ९

गत बैशाख २४ गत महोत्तरीको बर्दिवासबाट पक्राउ गरिएको अवैध लागु पदार्थ गाँजा इलाका प्रहरी कार्यालय बर्दिवासले  नष्ट गरेको छ ।

 ८ क्विन्टल ९५ किलो परिमाणको गाँजा स्थानिय राजनितिक दलका प्रतिनिधी साचारकर्मी संघ संस्थाका प्रतिनिधी जिल्ला अदालतका प्रतिनीधि प्रमुख जिल्ला अधिकारी जिल्लाका प्रहरी प्रमुख लगायतको रोहवरमा जलाएर नष्ट गरिएको हो ।

 चेक जाँचको क्रममा पुर्व पश्चिम राजमार्ग अन्र्तरगत बर्दिबासबाट चिजवलले छोपेर लैजादै गरेको अवस्थामा बरामद गरिएको २९ बोरा गाँजा हिजो  नष्ट गरिएको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक लालगोविन्द श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले ट्रक सहित ट्रक चालक सिन्धुपाल्चोकका श्रीराम थापा मकवानपुरका ट्रकमा सवार प्रदिप तामाङ र सहचालक कैलाली धनगढीका प्रविन बस्नेतलाई हिरासतमा राखि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Related

स्थानिय 440642011937388697

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item