सिन्धुलीमा मामाको परिक्षा भान्जाले दिदै गर्दा दुबैजना पक्राउ


 रमा कार्की/जेठ ९
सिन्धुलीको लाम्पानटार बहुमुखी क्याम्पस परिक्षा केन्द्रमा अमर्यादित काम गरेको भन्दै हिजो दुईजनालाइ प्रहरीले पक्राउ गरेको छ ।  आम्बोटे गाविस वडा नम्बर ६ सिन्धुली घर भएका मामा यमकुमार देवकोटाको कक्षा १२ को  स्वस्थ्य तथा शारिरीक विषयको जाँच भान्जा हरि पहाडीले  दिदै गरेका बेला प्रहरीले उनीहरु दुबैलाई पक्राउ गरेको हो । 
भान्जा हरि पहाडी बाणिज्य संकाय तर्फ विविएस दाश्रो वर्षमा अध्ययनरत छन् । परिक्षा हिजोको विषयको मात्रै दिएको वा सुरुदेखि नै दिदै आएको भनेर परिक्षा दिने वा दिलाउने दुवैलाई सोध्दा हिजोको मात्रै दिएको उनीहरु बताउँछन् ।

उनीहरुलाई अहिले सिन्धुली प्रहरी हिसासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक जनक भट्राईले नजानकारी दिनु भयो । साथै मामा देवकोटा र भान्जा पहाडी दुवैलाई थप अनुसन्धान पछि कानुन अनुसार कार्वाही हुने प्रमुख जिल्ला अधिकारी जितेन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।

Related

स्थानिय 6675849530044988152

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item