सिन्धुलीमा काग्रेसले समता दिवस मनायो
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_24.html
जेठ १०
नेपाली कांग्रेस सिन्धुलीले आज सिन्धुलीमाढीमा समता दिवस मनाएको छ । काग्रेसको जातीय भेदभाव रहित समाज निर्माणका लागि बाह्रौं माहाधिबेशनबाट अभियानको रुपमा ल्याएको समता दिवस आज सिन्धुलीमा पहिलो पटक मनाइएको हो ।
नेपाली कांग्रेस सिन्धुलीका सचिव उपेन्द्र पोख्रेलको अध्यक्षतामा सन्चालित कार्यक्रमा कांग्रेस पूर्व सभापति रगंराज खतिवडापूर्व उपसभापति दिपक मिश्रदलित संघका अध्यक्ष जनक तोलाङगेदलित सेवा संघ अध्यक्ष दिपका सेन्चुरी नेवि संघका कमल पोख्रेल लगायतले कार्यक्रमका बारेमा आफनो विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सन्चालन नेपाली कांग्रेश सिन्धुली क्षेत्र नम्बर दुईका क्षेत्रीय सभापति कृष्ण दहालले गर्नु भएको थियो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !