"म अनि तिमी"


कबिता
  
म,
एक ओइलेको फुल
अनि,
तिमी पानी
अझै बाच्नु पर्छ भन्दै
हरदम मलाई सिचाउछौ ।

तिम्रा हरेक थोपा थोपाहरुमा
एक नया जिवन पाउछु,
हरेक तप्कन्हरु सँगइ
एक मुठी शास भरिदिन्छौ तिमी
अनि, म जोहो गरेर राख्छु
किनकी तिमी,
अझै सन्सार सिङ्गार्नु पर्छ भन्दै उर्जा दिलाउछौ । 
तिमी,
शित बनेर तप्की दिन्छौ लताहरुमा
म,
तिम्रो प्यारको आभाश गर्छु
हुरिको बेग हरु सँगइ बर्सी दिन्छौ
अनी म
तिम्रो अङ्गालोमा बेरिएको महसुस गर्छु
म झार बनेर ओइलाउछु
अनी तिमी
बाबरि बनाइ सुगन्ध थपिदिन्छौ ।

असिनाको ढिक्का बनेर
बर्सिदिन्छौ एक्कासी
अनी म्,
मेरा गल्तिह रु केलाउन थाल्छु
सायद तिम्रो बिरुद्द गए भनेर ।
फेरी तिमी माफ गर्छौ
अनि,
छिनमै नम्र भइ बिलाउछौ ।

म त,
मात्र शरिर
अनी तिमी,
मेरो धड्कन्
जो हरपल धड्की रहन्छौ
पल पल्
मेरो जिबनको अन्तिम पल सम्म ।


भरत के. सुनुवार "भरोशा"
टाडी - ०९, सिन्धुली
हाल: -  आबु धाबी (यु ए इ)

Related

विचाररसाहित्य 7848031136111654081

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item