झ्याई कुटि झ्याईका कलाकार मलेसियामा कुटिए


 दिनेश कार्की/क्वालालम्पुर मलेसिया/जेठ १०  

मलेसियामा २१ मईको झ्याई कुटी झ्याइको शुटिङ्ग जेठ ७ गते हुने भन्ने पत्रपत्रिकामा केहि हप्ता अगाडी छापियो त्यसैले शुटिङ्ग हेर्नेको तांति पनि लामै थियो । लगभग बिहान ११ बजे बाट छायां ङ्गकन शुरु भयो क्यामेरामेनले रोल अन भएको संकेत गरे । कलाकार शेखर खनाल "भुईकटहर" एउटा सुटकेश डोर् याउदै सडक पार गरेर नेपाली रेष्टुरेण्ट खोज्दै आएको दृष्य क्यामेरामा कैद गर्छ,  टेक ओके भएको संकेत भए पछि अर्को शट लिन नेपाली रेष्टुरेण्ट "लाली गुराँशू को भर् याङ्ग चढेको दृष्य देखिएको थियो ।

 त्यस पछि होटल भित्रको दृष्य रहेछ भित्र लाईट क्यमेराको तामझाम थियो  होटल भित्र ग्राहकहरु पनि खाना खादै थिए काउण्टर नजिकको टेबुलमा भुईकटहरू कलाकार शेखर खनाल केहि केटाहरुसंग गफ गाफ गर्दै थिए कुरा सुन्दा यहांको पिडीत कामदारहरुको समस्याको समाधान गर्ने उ एक मात्र ब्याक्ती रहेको जस्तो लग्थ्यो त्यस्तै उ "भुईकटहर" संग सबै समस्याको हल गर्ने औषधी भए जस्तो चुटकी बजाउदै कुरा गर्दै थिए बेला बेलामा  अनुहार बाउठो पार्दै आखां मुख खुम्चाउदै आफ्नै टि भी सिरियल झया्ई कुटी झया्ईको डायलक  मार्दै थिए । कुरो के रहेछ भने "भुईकटहर" ले पनि  मलेसियामा केहि कामदारहरु पठाएका रहेछन भनौ दलाली काम पनि गर्दा रहेछन । 

त्यहि उनले मलेसिया पठाएका कामदारहरु बिचल्लीमा परेर  समस्या मिलाउन मलेसियामा आएका रहेछन । उनै पिडीत कामदारहरु संग ठुल्ठुला गफ दिदै नेपाल देखि मलेसिया सम्मका मन्त्रीहरु आफ्नै पकेटमा भएका जस्तै सबै मन्त्रीहरु मेरा आफ्नै मान्छे हुन भनि शान दिदै कामदारहरुलाई भन्दै थिए तिमीहरुको समस्या त केहि हैन म चुटकीमा मिलाई हाल्छु बिहान देखि मलेसियाको मन्त्रीहरुसंग मिटिङ्ग भएको स्वाङ्ग झार्दै भन्दै थिए नेपालमा पनि तिमीहरुको लागी मन्त्रीहरु संगै मिटिङ्ग गरेर आएको भन्ने गफ् दिदै थियो । जसोतसो पिडीत नेपाली कामदारहरु लाई तिमीहरुको सबै कुरा म मिलाई दिन्छु भनि फकाई फुलाई गरी पिडीतहरु वाट छुटकरा पायो । त्यस पछि कसैको पर्खाइमा रहेको जस्तो देखिन्थ्योनभन्दै केहि बेरमै मिनी स्कट र सेतो टि शर्टमा सजिएकी एउटी गोरी फिलिपिन्स जस्तै देखिने सुदरी आइ हाई हेल्लो डार्लीङ्ग भनि सम्बोधन गर्न थालिन उनलाई देखे पछि भुईकटहरू खुशीले चम्किलो हुदै दुबै बिच गफ गाफ हुन थाल्यो ूभुईकटहरूको चर्तीकला देखेर सबैजना तिन छक्क परे ।

 किन कि यति चाडो जता गयो उतै यस्तो गर्लप्रुण्ड बनाउदै हिडने त्यहि पनि बिदेशी गोरी सुन्दरी देखेर सबैले दातमा औंला टोक्न बाध्य भए । उनिहरुको केहिबेरको गफगाफ पछि बाहिर जाने सल्लाह भएछ क्यारेशेखर खनाल ूभुईकटहरू आफ्नी बिदेशी गोरीलाई अंगालेमा च्याप्प च्याप्दै भितक नय कजयउउष्लन मबचष्लिन भन्दै ठुटे अंग्रेजी झार्दै बाहिर जान् कुसर्ी बाट उठेर निस्कन के लागेका थिए । उता दुःख पाएर बिचल्ली परेको झोकमा रिसले मुरमुरिएका पिडीत कामदारहरु "भुईकटहर"को खोजीमा आईपुगेछन त्यसै माथि "भुईकटहर" को सबै चर्तीकला थाहा पाएछन क्यारे ८/१० जना पिडीत नेपाली कामदारहरु आएर गाली गर्दै तलाई दलाल अब लेटस गो होईन गेटस मुडकी भन्दै रिसले चुर चुर भएका पिडीतहरु सबैले शेखर खनाल भुईकटहरू लाई समात्न थाले हेर्दा हेर्दै सबैले लछार पछार गर्दै जथाभावी गोद्न थाले त्यो दृष्य देखेर सबै अत्तालिएर यता उती हेर्न थाले पिडीत कामदारहरुले लात्ती मुडकी हान्दै यहां सम्म की त्यहा रहेको कुसर्ीले समेत हान्न पुगे । 

अनि उसको गोरी अत्तालिएर रुदै कराउदै चिच्याउन थालिन help help pls help me oh my god,,,,,,  oh my god,,,,,,  साह्रै भएको देखेर होटल म्यानेजरले छुटाउन् पुगे आखिर किन कुटेको रहेछ् भनि बुझ्न सबै जना अगाडी बढे सबैले भने नेपाली नेपाली दाजु भाई भएर झगडा गर्न हुन्न बरु भएको कुरो के हो  बसेर कुरा गरौ भन्न के भ्याएको थियो  पछाडी stop stop  भन्ने आवाज आयो फर्केर हेर्दा क्यामेरा म्यान का टिमले रिसाउदै हप्काएअनि शेखर खनाल "भुईकटहर" खिस्स हास्दै हात जोडदै माफ गर्नु होला दाजु भाइ हो यो रियल होईन  झ्याई कुटी झ्याईको  रिल सिन हो । बल्ल बुझियो की त्यहा त झ्याई कुटी झया्ईको शुटिङ्ग पो भई रहेको रहेछ ।

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item