कुकुरले बाख्रा मार्न थालेपछि गाउँले चिन्तित
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_2157.html

फणि महत/जेठ १/रौतहट
कुकुरले बाख्रा मार्न थालेपछि रौतहटको रंगपुर गाबिसका किसानहरु हैरान हुन थालेका छन् । कुकुरले मैरा गाउँका ३० वटा बाख्रा मारेपछि किसानहरु नजिकैको चरणक्षेत्रमा बाख्रा चराउन लैजान पनि हिच्किचाउन थालेका हुन् । कुकुरले मान्छेलाई पनि आक्रमण गर्न थालेको छ ।
शिकारी कुकुर जस्तो देखिने तीन वटा कुकुरले कटानी जंलगसैया सिम्रीमा समेत दुःख दिने गरेको स्थानीय बासु चौलागाइले बताउनुभयो । स्थानीय नारायण कोइरीले एकै दिन चार वटा बाख्रा मार्दा पनि प्रहरीले नसुनेको गुनासो गर्नुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !