सिन्धुलीको जलकन्यामा सहकारी प्रति महिलाहरुको आकर्षण बढ्दो
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_4363.html
जेठ १
सिन्धुलीको जलकन्या गाविसमा सहकारीहरुले बचत तथा कर्जा लगानि गर्न थालेपछि प्राय घर धन्दामा मात्र सिमित रहने महिलाहरुको सहकारी तर्फ आकर्षण बढ्न थालेको छ ।
गाँऊ गाँऊमा सहकारी घरघरमा भकारी भन्ने अघिल्लो सरकारको नारा अनुसार गाविसका ग्रामिण भेगमा पनि सहकारी गठन भएपछि त्यस क्षेत्रका महिलाहरु सहकारीमा सहभागिता उल्लेखिय मात्रमा हुन थालेको हो ।
गाविसका विपन्न महिलाहरुलाई वचत तथा कर्जा लगानिको माध्ययमबाट आत्मनिर्भर गर्ने उद्देश्यका साथ जलकन्या महिला बचत तथा ऋण सहकारी संस्थाको गठन भएपछि महिलाहरुको सकि्रयता देखिन थालेको छ । सहकारीमा आवद्ध भएपछि महिलाहरुको जिवनमा महत्वपूर्ण परिर्वतन आएको महिला सहकारीका अध्यक्ष सावित्रा देबकोटाले बताउनुभयो ।
अहिले २७ जना दलित ७१ जना जनजाती र अन्य १६९ जना गरी गाविसका २ सय ६९ जना महिलाहरुको एकमात्र ध्यान गाँउमा एक घर एक महिला सदस्य सहकारीमा आवद्ध गर्दै आयआर्जनका लागि वचत तथा कर्जा लगानिमा केन्द्रीत रहेको उहाँको भनाई थियो । यता वित्तिय अनुशासनको पालना गर्ने महिलाहरुका लागी व्यवसाय विस्तारका लागी थप अनुदान समेत दिन सकिने सहकारी संस्थाले जनाएको छ । सहकारीले सदस्यहरुका लागि उपचार सुविधाको पनि व्यवस्था गरेको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !