नेपाल सरकारको आधिकारीक वेबसाईट ह्याकरको नियन्त्रणमा


नेपाली ह्याकरहुको एक समुह  ले नेपाल सरकारको आधिकारिक वेबसाईटhttp://www.nepalgov.gov.np/ लाई आफ्नो नियन्रणमा लिएको छ । देशको बिध्यमान परिस्थीती प्रति असन्तोष जनाउदै सरकारको ध्यान आकर्षण गर्न सरकारको आधिकारिक वेबसाईट ह्याक गरेको बताउने उक्त समुले अर्को चरणमा माओवादी काग्रेश एमाले रमधेशी जनआधिकार फोरमको वेबसाईट माथी आक्रमण गर्ने जनाएको छ । 

नमस्कार,
हामी अज्ञात हौ| नेपालमा भईरहेका सामाजिक र राजनीतिक गतिबिधि, अन्यौल तथा ब्याप्त अब्यबस्था र भ्रस्टाचार, इन्टरनेटमा भईरहेको प्रतिबन्ध तथा जासुसीहरु प्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ| नेपालमा भईरहेको यस्ता सामाजिक, राजनीतिक अस्थिरता, बढ्दो अपराधिक क्रियाकलाप र उनीहरुलाई प्राप्त राजनीतिक संरक्षणले गर्दा आज नेपाल एउटा असफल राष्ट्रमा परिवर्तन हुदै छ| त्यसमाथि नेपालमा भईरहेको इन्टरनेटको प्रतिबन्ध तथा जासुसीले गर्दा जनताहरुले आफु सूचित हुने हकबाट बन्चित हुनु परेको छ| 


जनताको युग सङ्गत प्रविधि प्रयोग गर्ने अधिकारको सरकारले संरक्षण गर्नुको सट्टा उल्टै केहि ठुला ठालुको फाइदाको लागि यो हक वन्चित गराउन खोज्नु लोकतन्त्र को विपरित हो | नेपाली जनताको हक हितको लागि र नया संविधानको निर्माणको लागि उठेको जनताको अवाज निमोठ्न खोज्नु , कुनै प्रजातान्त्रिक सरकार लाई सुहाउदैन | अहिलेको युगमा जनताको माग , इच्छा , चाहना बिना कुनै नेता , सरकार र राजनैतिक पार्टीको अस्तित्व रहदैन भन्ने आशय बुझ्नु जरुरि छ | सचेत जनताले नै सफल राष्ट्र बनाउछ | जनतालाई अँध्यारोमा राखेर , नेता, ठुला ठालुहरुले धमिलो पानिमा माछा मार्ने कु-विचार गरेको प्रस्टिएको छ | 



अज्ञात एउटा बिचार हो | विचार कहिले मर्दैन | यो एक सोच हो | यसैले समाजलाई अगाडी बडाउछ | इतिहास साछी छ, यो सोचलाई मार्न खोज्दा सोच झन् बलियो हुन्छ | 



यो संदेश नेपाल सरकार को लाई ध्यानआकर्षण हो र सबै राजनैतिक पार्टीहरुको लागि खबरदारी हो | अज्ञातले बिर्सेको छैन जनताको आहुति | बिर्सेको छैन नेताहरुको धोका | आजको जनता लाटो छैन | माफी दिने छैन जनताले , अज्ञातले |



त्यसकारण हामीले बाध्य भएर नेपाल सरकारको यसतर्फ ध्यान आकर्षण गराउन नेपाल सरकारको आधिकारिक website: http://www.nepalgov.gov.np/ मा हमला गरेका छौ | 



यस ध्यानाकर्षणलाई नजरअन्दाज गरिए , अर्को चरणमा निम्न लिखित राजनैतिक पार्टीहरुको websites मा हाम्रो गन्तब्य हुने छ | 

  • http://www.ucpnm.org/
  • http://www.nepalicongress.org/
  • http://www.cpnuml.org/
  • http://www.mjfn.org/

हामी अज्ञात हौ|
हामी बिर्सिदैनौ|
हामी माफ गर्दैनौ|
हामी दस्ता हौ|
हाम्रो अपेक्छ्या गर्नुस |

source :-

ई-नेपाल

Related

प्रविधि 2979986463766266324

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item