बाँसुरी व्यापारबाट दलितहरु आत्मनिर्भर


संजय कुमार बिश्वकर्मा/जेठ २/लहान 

सप्तरीको भंगाहा गाविस ६ बस्ने केहि चमार समुदायका परिवारहरु  बाँसुरी व्यवसाय गरेर आर्थिक स्तर उकास्न सफल भएका छन् । बाँसुरी व्यवसायले गर्दा  आर्थिक रुपमा सुदृढ हुनुका साथै परम्परागत रहनसहनमा समेत परिवर्तन भएको उनिहरुको भनाई छ । पहिले पहिले यस कामबाट मात्र जीवन निर्वाह गर्ने उद्देश्य भएपनि अहिले यसलाई व्यवसायिक रुपमै अघि बढाएको उनीहरुकेा भनाई छ । 

 भंगहा गाविस ६ का  हरिश्चन्द्र रामले पहिला पहिला निर्वाह मुखि भएर वाँसुरी ब्यापार गर्ने भएपनि अहिले व्यवसायमुखी भएको बताउनुभयो । लद्यु उद्यम विकाश कार्यक्रम तथा व्यवसायिक विकास सहजीकरण केन्द्र फेसवड को सहयोगमा हाल बाँसुरी व्यवसायमा संलग्न रहेका भंगाहा गाविस बस्ने राम परिवारहरुले बाँसुरी व्यवसाय लघुउद्यमी समुह नामक एक समुह गठन गरि समुहसंग आवद्ध भएर काम गरिरहेका छन् ।

Related

स्थानिय 3543609141806374040

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item