प्रधानाध्यापक उपस्थित नभएको भन्दै ताला बन्दी,पठन पाठन अवरुद्ध


सिन्धुली दर्पण/जेठ २
सिन्धुलीको हरिपूरगढी गाविस वडा नं ८ मा रहेको मावि कर्मी डाडाँ गत शुक्रबारदेखि अध्यन अध्यापन बन्द भएको छ । जम्मा १२ जना शिक्षक रहेको उक्त विद्यालयमा विगत १५ दिन देखि प्रधानाध्यापक गोविन्द प्रसाद आचार्य विद्यालय नै नआएको र अन्य शिक्षकहरु पनि नियमित रुपमा विद्यालय आउने नगरेकाले विद्यार्थीहरुहरुले पढ्न नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन् ।

विद्यार्थीहरु आक्रोशित हुँदै हिजो प्रधानाध्यापकलाई ३ घण्टा अफिस कोठामा थुनेका थिए ।  विद्यायलय नियमित आउन नसके प्रधानाध्यापकलाई विद्यार्थीहरुले राजिनामा दिन समेत आग्रह गरेका त्यहाँबाट कपेन्द्र कुमार लामा घलानले जानकारी दिनुभयो ।

Related

स्थानिय 6580341824299838064

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item