महोत्तरीमा पुरुषले पुरुषलाई नै यौन दुव्र्यवहार गर्ने गरेको खुलासा
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_8535.html
महोत्तरीको मटिहानीमा पुरुषले पुरुषलाई नै यौन दुव्र्यवहार गर्ने गरेको खुलासा भएको छ । राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीमा कक्षा आठमा अध्ययनरत १३ बर्षिय किशोर दुव्र्यवहारमा परेका हुन । यज्ञ वल्क्य लक्ष्मीनारायण विद्यापीठका वार्ड सेवक ३० वर्षिय चन्देश्वर मण्डलले आफूलाई्र यौनजन्य दुव्र्यवहार गरेको पीडितले गुनासो गरेका छन् ।
मण्डलले किशोरलाई गत बैशाख ३१ गते आफूलाई दुव्र्यवहार गरेको पीडितले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ । यस्तो घृणित कार्य गर्ने मण्डललाई कारबाही गर्न उजुरीमा माग गरिएको छ । मण्डल विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि मण्डलले बारम्बार अन्य व्यक्तीहरुलाई पनि यस्तो दुव्र्यवहार गर्ने गरेको खुल्दै आएको छ ।
उता प्रमुख जिल्ला अधिकारी तेज प्रसाद पौडेलले भने घटना भएको ७ दिन नाघिसकेपछि उजुरी आएकोले केही समस्या भएपनि घटनाबारे अनुसन्धान भैरहेको बताउनुभयो । उहाँले पुरुष माथि हुने यौन दुव्र्यवहार विरुद्ध कुनै कानुन नभएपनि नैतिक आचरण विपरितको कार्य गरेको वा सार्वजनिक अपराधको आरोपमा कारबाही प्रकि्रया अगाढी बढाउन थप छलफलको प्रयास भैरहेको जानकारी दिनुभयो ।



यो के सुन्नु परेको होला , कलियुग ! धन्ने छ सुरेश बिडारीजि लाई समाचार को लागि ।
ReplyDelete