सिन्धुलीमा पुस्तकको अभाव



 
जेठ ११
नयाँ शैक्षिक सत्र सुरु भएको डेड महिना वितिसक्दा पनि सार्वजनिक विद्यालयका विद्यार्थीहरुले अझै किताव पाउन सकेका छैनन् । नेपाल सरकारले समयमानै विद्यार्थीहरुलाई पुस्तक उपलव्ध गराउन नसक्दा पठन पाठन प्रभावित वनेको छ । 
 काभ्रे पुस्तक पसलमा किताव लिन आएकी डाडीगाँउ विकास समितीको खारखोलावाट आएकी कल्पना थापा पुस्तक पसलमा किताव नपाएको गुनासो गरीन । भाइलाई कताव किन्न आएकी थापा किताव नपाए पछि त्यसै फर्कीइन । 

भाइलाई किताव किन्न ६ वटा पुस्तक पसल द्याए कुनै पुस्तक पसलमा किताव पाइन उनले भनिन् । उनी कक्षा ६ को किताव किन्न सिन्धुली आएकी थिइन् । त्यसै गरी गौमति उच्चमाविको कक्षा ८ का सुमन श्रेष्ठ पुस्तक पसलमा किताव नपाउन पढ्न समस्या भएको गुनासो गर्नुहुन्छ ।     साझाले कक्षा नौ र दशको किताव नदिएको डेड महिना भयो । हामीले कसरी विद्यार्थी र अभिभावकलाई किताव दिने काभ्रे पुस्तक पसलका वाशु  भेटवालले वताए । नयाँ शैक्षिक सत्र सुरु भए देखी कक्षा ६ को गणि विषयको किताव एक पिस पनि आएको छैन् । पुस्तक  पसलका प्रोपाइटर भेटवालले वताउनुभयो । 

 सिन्धुली  गहिरी वजारको सफल पुस्तक पसलका प्रोपाइटर विमल दाहाल जनकपुरमा रहेको साझा पुस्तक भण्डारले हामीलाई पुस्तक नदिएकोले विद्यार्थीहरुलाई किता दिन नसकेको वताए । पटक पटक जनकपुरमा किताव लिन जाँदा साझा पुस्तक भण्डारले हामीलाइ जन शिक्षा सामाग्री केन्द्रले किताव दिएको छैन भन्ने जवाफ दिने गरेको दाहालले वताउनुभयो । कक्षा १ देखी ८ सम्मको केही किताव छ ।

 वाँकी कक्षा ९ र १० को किताव दुई महिना देखी मैले पसलमा ल्याएर किताव विक्री गर्न पाएको छैन् उहाँले भन्नुभयो ।   गौमति उच्च माविका शिक्षक दिपनारायण श्रेष्ले पुस्तक पसलले किताव नल्याउँदा पठन पाठनमा समस्या भएको वताउ छन् । गौमतिको कक्षा नौ र दशका पचास प्रतिश विद्र्यीहरुसँग मात्र किताव छ । वाँकी विद्यार्थीहरुसँग किताव छैन् पढाउनै समस्या भयो शिक्षक श्रेष्ठले वताउनुभयो । 


Related

समाज दर्पण 8519631253865209680

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item