जुनेरे भए विश्वका होचो मानिस

http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_1837.html
जेठ ३०
फिलिपिन्सका १८ वर्षीय जुनेरे बलविङले विश्वका सबैभन्दा होचा व्यक्तिको रुपमा आफ्नो नाम दर्ज गराएका छन् ।
यसअघि नेपालका खगेन्द्र थापाको नाममा रहेको सो उपाधि गिनिज बुक अफ वर्ड रेकर्डसले आइतबार फिलिपिन्सका १८ वर्षीय जुनेरेलाई विश्वको सबैभन्दा होचो मानिसका रुपमा घोषणा गरेको छ ।
आइतबार १८ वर्ष पूरा गरेका जुनेरेको उचाइ २३ दशमलव ५ इन्च अर्थात ६० सेन्टिमिटर छ । १८ वर्षको उमेरमा खगेन्द्रको उचाइ भने २६ दशमलव ४ इन्च अर्थात ६७ सेन्टिमिटर थियो । फिलिपिन्सको सिडानगन सहरमा घर भएका जुनेरे सबैभन्दा होचा मानिस घोषणासँगै उनका आमाबाबु र सहरमा खुसीयाली छाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
२ वर्षको उमेरमा बिरामी परेका जुनेरे त्यसपछि नबढेको उनका बाबु रेनाल्डोले बताएका छन् । बालाविङको उपचारमा संलग्न स्थानीय डाक्टरले समेत समस्या पत्ता लगाउन नसकेको रेनाल्डोले बताए ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !