एनआरएन कतारको अधिवेशन सेप्टेम्बर २ मा


जेठ ३० 

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दोहा कतारको चौथो राष्ट्रिय महाधिवेशनको आगामी सेप्टेम्बर २ मा हुने तय भएको छ ।
अध्यक्ष नरेन्द्रबहादुर भाट र महासचिव बिल गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आउने २०११–२०१३ कार्यकालका लागि परिषद सदस्यता लिन इच्छुक कतारवासी गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्दै यहि जुन ३ तारिख देखि जुलाई १५ तारिखका दिनसम्म आवेदन फारम खुल्ला गरिएको समेत विज्ञप्तिमा उल्लेख छ । यसै महाधिवेशनबाट एनसीसी कतारको आउने चौथो कार्यकालको लागि नया कार्यसमितिको समेत चयन हुने बताइएको छ ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दोहा कतारको तेश्रो राष्ट्रिय महाधिवेशनबाट मौजुदा नेतृत्वको चयन भएको कुरा सर्वविदितै छ । 

आपसी समझदारी र सहमतिबाट नेतृत्व चयन गर्नु पर्छ भन्ने आम कतारवासीको भावना विपरित आफनो हैसीयतको सहि आकलन गर्न नसक्ने तर एनसीसी कतार कब्जा गर्ने सार्वजनिक अभिव्यक्ति दिदैं हिडने र नेपाली समाजलाई विभाजित गर्न चाहने व्यक्तिहरुको हठका कारण हामीसँग बाकी रहेको एउटै मात्र विकल्प प्रजातान्त्रिक प्रक्रियामा गएर नेतृत्व चयन गर्नु परेको यथार्थ हामी कसैसंग छिपेको विषय होईन । 

यद्यपी यस कार्यसमितिले कहिले पनि निर्वाचन जितेको घमण्ड गरेन र सक्दो सबैलाई समेटेर अगाडी बढ्ने प्रयास गरि रह्यो । हाम्रो एकता मजबुत भएमा मात्रै हामी हाम्रो गन्तव्यमा पुग्न सक्छौं भन्ने विचारमा हामी हिजोका दिनदेखि अडिग थियौ र आज पनि अडिग रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item