साउदी अरबमा २५०० नेपालीहरूको बिचल्ली


खाडी सन्देश/जेठ ३० 

साउदी अरब सरकारले गतः सेप्टेम्बर २०१० मा ६ महिनाको लागि खोलेको एम्नेष्टीको अन्तिम समयतिर नेपाली दुतावास रियादले करीब २५०० नेपालीहरूलाई आउटपास (ट्राभल डकुमेन्ट) बांडेको थियो ।

ती मध्ये हालसम्म अति थोरै संख्यामा ९१००–२००० मात्रैले स्वदेश फर्किन पाएको खबर छ । ट्राभल डकुमेन्ट पाएको करीब ३ महिनामा पनि स्वदेश फर्किन नपाए पछि ती भगौडा कामदारहरूमा पुनः चिन्ता र निराशा फैलिएको छ । 

पछिल्लो समयमा रियादबाट एक्जिट भिषा लाग्न नसकेपछि हप्तै पिच्छे करिब १०० जनाका दरमा ती कामदारहरू साउदी अरबकै अर्को शहर दमाम आउने गरेका छन तर सत्य के हो भने रियादमा दुतावासले दिएको ट्राभल डकुमेन्ट दम्मामको जवाजातले च्यतिदिने गरेको छ । रियादबाट दम्माम पठाउनका लागि स्वयम् नेपाली दुतावास रियादको सल्लाह र दमाममा यो काममा कृयाशिल केही नेपालीहरूबाटै सहयोग पुर्याइने आश्वासन बांडिएको पीडितहरू बताउंछन । तर यथार्थमा यो सहयोग नभई ती ब्यक्तिहरूको बिजनेस भएको प्रष्ट छ ।

आउटपास बांडिदा पनि रियादस्थित नेपाली दुतावासको ढोकैमा प्रतिब्यक्ति ५०० साउदी रियालसम्म एजेन्टहरूले असुल गरेका थिए भने अहिले दमाममा तिनै भगौडा कामदारहरूलाई प्रतिब्यक्ति १००० देखी १५०० साउदी रियाल असुलेर उक्त कथित सेवा पुर्याउने जनाइएको छ । यद्यपि त्यति धेरै खर्च गरेर उनीहरूले जेलमा पुग्नै पर्नेछ र स्वदेश फर्किन पाउने नपाउने कुनै निश्चित हुंदैन न त त्यस्तो कुनै समय तालिका नै हुन्छ ।

हाल दमामको ९१ जेलमा रहेका केशव सुवेदी कैदी नम्बर ९००११३०७९१० ले भने “घर जान पाइन्छ कि भनेर रियादबाट दमामको यो जेलमा आइपुगें, तर घर जान पाउने कुनै संकेत सम्म मिलेको छैन अहिलेसम्म । यहां दमाम ९१ को यो जेलमा हप्तै पिच्छे नेपालीहरूको मृत्यु भैरहेको छ, यसले गर्दा यहां थप त्रासदीको माहौल बनेको छ, लौ कसरी हुन्छ हामीलाई घर पठाइदिनुपर्यो” ।


अब प्रश्न आउंछ कि नेपाली दुतावास रियादले बिना कुनै सरकारी ज्ञारेन्टी, समझदारी र सहमति कसरी त्यती धेरै ट्राभल डकुमेन्ट बांड्यो रु उनीहरूलाई एक्जिट भिषा लगाइदिने जिम्मेवारी कसको हो रु के दुतावाससंग आंफुले जारी गरेका ट्राभल डकुमेन्ट वालाहरूमध्ये कति घर फर्के र कति यही पिल्सिरहेका छन भन्ने कुनै रेकर्ड सम्म छ रु उल्टो रियाद दुतावासबाटै ट्राभल डकुमेन्ट बांडेर दमामको जेलमा जाने सल्लाह किन दिन्छ दुतावास रु यो सबलाई नेपाली दुतावासको गैर जिम्मेवारीपन, असक्षमता र नाकामयाबी हो भन्ने ठानेका छन पीडित कामदारहरू र यहांको नेपाली समुदायले ।

यतिखेर ५० हजार भन्दा बढी पुरूष कामदारहरू र ठुलो संख्यामा घरेलु महिला कामदारहरू समेत साउदी अरबमा गैर कानुनी हैसियतमा रहेको अनुमान छ । ती मध्ये सानो संख्यालाई भए पनि उद्धार गरी सुरक्षित घर पठाउने अवसर थियो एम्नेष्टी तर दुतावासकै अकर्मन्यता र असक्षमताका कारण समस्या ज्युं का त्युं रहेको छ र उद्धारका नाममा केही नेपाली एजेन्टहरूलाई पैसा कमाउने नयां धन्दा मिलेको मात्र छ, भगौडा कामदारहरूको समस्या जहांको तहीं छंदैछ । 

अतः नेपाल सरकारले नै साउदी अरबमा ब्याप्त यो समस्या जुन नियन्त्रण र समाधान बाहिर रहंदै आएको छ, तत्काल सरकारी तथा कुटनैतिक स्तरमा नै गम्भीर छलफल गरी समाधानमा लाग्नु जरूरी भैसकेको छ नत्र परिस्थिती अझै गम्भीर र बिस्फोटक बन्ने निश्चित छ ।

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item