विपि राजमार्गको नाम परिवर्तन गर्ने जापानी राजदुतको भनाई, काग्रेसको आपत्ति

http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_6827.html
ध्रुवचन्द्र खड्का/जेठ ३०
नेपालका लागि जापानी राजदुत ताचुओ मिजुनोले निर्माणाधिन विपी राजमार्गको नाम परिवर्तनका लागि नेपाल सरकारसंग प्र्रस्ताव राख्ने भनि दिएको अभिव्यक्ति प्रति नेपाली काँग्रेस सिन्धुलीले आपत्ति जनाएको छ ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको नाममा नेपाल सरकारले नामांकरण गरेको विपी राजमार्गको नाम परिवर्तन गर्ने जापानी राजदुतको उक्त अभिव्यक्तिको आज प्रेस विज्ञप्ती मार्फत नेपाली काँग्रेस सिन्धुलीले आपत्ति जनाएको हो ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति सिन्धुलीले निकालेको उक्त विज्ञप्तीमा जापानी राजदुतको यस्तो भनाइको घोर भत्स्रना गर्दै कुटनीतिक मर्यादामा रहि नेपाल र जापान सरकारको सम्वन्धलाइ अझ प्रगाढ वनाउन नेपाली काँग्रेस आग्रह गर्दछ लखिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !