ट्रान्सफर्मर जल्दा १२ सय घर विजुली विहीन

http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_2990.html
सोम दियाल/लालबन्दी/जेठ ३०
सर्लाहीको भक्तिपुर १२ र ३ नं। वडाका विद्युत उपभोक्ताहरु महिनौ देखि अन्धकारमा बस्न बाध्य भएका छन । ५० केभिको ट्रान्फर्मर जलेका कारण विद्युत उपभोक्ताहरु अन्धकारमा बस्न बाध्य भएका हुन ।
ट्रान्फर्मरको तेल सकिए पछि स्थानियवासीले ३ महिना अघिदेखी विद्युत प्राधिकरणलाई जानकारी गराए पनि प्राधिकरणका कर्मचारीले ट्रान्सफर्ममा तेल नहालेको कारण ट्रान्फर्मर जलेको र हाल त्यस क्षेत्रका १२ सय घरधुरी विद्युत प्रयोगकर्ता सेवाग्राही उपभोक्ता अन्धकारमा बस्न बाध्य भएको स्थानीय हेमराज देबकोटाले बताउनुभयो ।
विद्युत सेवाबाट विाचत भएपछि स्थानीयबासी मोवाईल चार्ज गर्न रेडियो टेलिभिजन हेर्न र विद्युत मोटरबाट िसंचाई गर्न समेत विाचत भएका छन् । विद्युत प्राधिकरण ल्ाालबन्दी वितरण केन्द्र मलंगवा तथा क्षेत्रीय कार्यालय मूजेलीया धनुषामा समेत पटक पटक धाउँदा समेत खाली आश्वासन मात्र पाउनॆ गरेको गुनासॊ गरेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !