सिन्धुली काठमाण्डौ सम्पर्क माच गठन

http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_5122.html
जेठ ३०/काठमाण्डौ
नेकपा एमाले सिन्धुली-काठमाडौंं सम्पर्क माचअन्तर्गत महिला युवा मजदुर र पेसा-व्यवसायीको सम्मेलन शनिबार सम्पन्न भएको छ । एमाले केन्द्रीय सदस्य केशव देवकोटाको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा पूर्वसांसद शंकरनाथ शर्मा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य गणेश पहाडी जनकपुर अाचल सम्पर्क्र कमिटीका उपाध्यक्ष हरिकृष्ण ठकुरी सिन्धुली जिल्ला कमिटी सदस्य रामकृष्ण श्रेष्ठ युवा संघका सचिव राजीव पहरी सिन्धुली-काठमाडौं सम्पर्क माचका अध्यक्ष तारानिधि पोखरेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सिन्धुलीबाट काठमाडौं आई विभिन्न पेसा र व्यवसाय गरेर बस्ने सिन्धुलीवासीको सम्मेलनले रोजिना थापाको अध्यक्षतामा नौ सदस्यीय महिला कमिटी लालबहादुर बलम्पाकीको अध्यक्षतामा १० सदस्यीय युवा कमिटी शंकर वैद्यको अध्यक्षतामा नौ सदस्यीय पेसागत कमिटी र गोविन्द माझीको अध्यक्षतामा पाँच सदस्यीय मजदुर कमिटी गठन गरिएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !