"मायाको डोरी"मा कस्सीए श्याम

http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_3559.html
कृष्ण अधिकारी
बेलघारी-१ सिन्धुली
"साहित्य संगीत र कलाविहिन मान्छे सिङ् र पुच्छर नभएको पशु समान हो, भन्ने भनाईलाई सार्थक मान्दै नेपाली साहित्यका विद्यार्थीहरुले नेपाली भाषा कला सँस्कृति र साहित्यलाई आ-आफ्नो तवरले जगेर्ना गरिरहेका छन् ।
नेपाली साहित्यको गजल विधामा डुबुल्की मार्न खोज्ने एउटा मान्छे जसले छताछुल्ल भएका माया मोह राजनीति गरिवीको कथा व्यथाको माला उनेर साहित्यिक मनहरुको लागि पठनीय कोशेली लिएर पाठकहरुको बीचमा उदाएको छ "मायाको डोरी" गजल संग्रह ।
यदाकदा गजलका शब्दहरुले शुत्रभंग गरेको महसुस भएपनि पहिलो प्रयासको मुक्तकण्ठले प्रशंसा गर्दछु र उत्तरोत्तर प्रगतिको कामना गर्दछु । साहित्य र सिर्जना वनपाखा घरअुगन उकाली-ओराली भाज्याङ्ग-चौतारीमा गतिशील रुपमा फैलिरहेको बेला सिन्धुली जिल्लाको मध्य पूर्वी भागमा पुष्प देवकोटा रामहरी पोख्रेल हेमप्रसाद दहाल प्रलाद पुलामी अमला अधिकारी लगाएतका उदयीमान प्रतिभाहरुको बीच साहित्य क्षेत्रमा प्रचुर सम्भावना बोकेका नव सर्जक भित्रिएका छन् साहित्य उत्थानमा एक ईँट थप्दै भूमिराज । सन्धुली जिल्ला जरायोटार गा.वि.स. वडा नं. ५ लुभु महाभारतको काखमा दैनिक घाँस बुट्टासँग लुकामारी खेल्ने परिवारमा पहिलो पाइला टेकोको पनि २० औं बसन्त सकिएर २१ औं बसन्त जुर्मुराउँदैछ भूमिराजको ।
झट्ट हेर्दा थकित शरीर दिमागमा ऋणको बोझ डर शिरमा-ज्यान झिरमा लिएर थुप्रै असफलताहरु बेहोरेका भूमिराज अधिकारी श्यामू का लागि "मायाको डोरी"ले सफताको बाटो खोल्ने छ भने आम पाठकका लागि एउटा पठनीय सामाग्री बन्ने छ भन्ने लाग्छ । एक पठक सम्पूर्ण साहित्यिक मनहरुले यी नव सर्जकको सिर्जनाको स्वाद लिएर उनको लेखनीमा पृष्ठपोषण हौसला र जागरण थप्न आवश्यक देखिन्छ । श्यामको यो मायाको डोरी गजल संग्रहले गजलका पाठकहरुलाई बेरी रहुन् शुभकामना !
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !