संघर्षको अर्को नाम कल्पना!

http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_3773.html
- उमा पौडेल सिन्धुली ।
कल्पना केसि लाई कहिल्यै फुसर्द हुदैन आफ्नै घरमा बसेर कुखुरा गाईबस्तु र खेतीपाती गर्ने कल्पनाको लागि दिन एकदमै छोटो हुन्छ रे । जिबनमा संघर्ष गर्नुपर्छ र आफ्नो खुट्टामा आफै उभिन राम्रो हुन्छ भन्ने भाबना भएकि कल्पना एक संघर्षी नारी हुनुहुन्छ ।
२०३४ पुस २५गत धनुषा जिल्लाको तुलसि गाबिसमा बडा न। ८ लामिडाडा जन्मनु भएकी कल्पना सानैदेखि स्वावलम्भी हुनुहुन्थ्यो । सानै देखि कृषि पेशामा आकर्षित कल्पनाले ८ बर्ष भएदेखि आजसम्म कसैको भरमा बस्नुपरेको छैन । अहिले पनि कल्पनाले कृषि र गाईबस्तु पालनबाट आफ्नो घरखर्च र छोराछोरीको पढाई राम्रोसँग संचालन गर्नुभएको छ ।
कल्पनालाई अझ पढ्न पाएको भए त के के गर्थे जस्तो लाग्छ रे । कल्पनाले बिवाह भएपछि पढ्न पाउनुभएन उहा कक्षा १० मा पढ्दा पढ्दै मेखबहादुर केसि सँग बैबाहिक जिवनमा बाधिन पुग्नुभयो । बिवाहपश्चात कल्पनाका धेरै सपना हरु त अधुरो रह्यो नै उहाले पनि पढ्न पनि पाउनु भएन । आफ्नो पढाईलाई निरन्तरता दिन नसकेपनि कल्पना शिक्षित ब्यक्ति भन्दा कम हुनुहुन्न ।
गाऊमा कल्पना लाई देख्दा अचम्मित नहुने मान्छेहरु पनि कमै छन् । कारण एउटै हो कल्पनालाई समयको राम्रोसँग ख्याल गर्नुहुन्छ । र कुनै रोजगारी बिना नै आफ्नो ४ जनाको परिवारलाई सहजै पाल्नुभएको छ पेशा कृषि र गाईबस्तु अनि कुखुरा पालन । कल्पनाको घरमा अहिले पनि १० ओटा बाख्रा १०० ओटा कुखुरा १ गाइ छ अनि कल्पनाको खेत पनि छ यति धेरै गाईबस्तु र खेतीपाती भएपछि यति सबै काम कसले गर्छ भनेर सोध्ने मान्छेहरु पनि कम छैनन् ।
र कल्पना सबैलाई एउटै जवाफ दिनुहुन्छ आफै गर्छु स्ात्य पनि यहि हो कल्पना यी सबै काम आफै गनृ्रहुन्छ र त उहालाई दिनमा कुनै फुसर्द नै छैन । कल्पनाले महिनामा २० हजार भन्दा माथि आम्दानि गर्नुहुन्छ उहा भन्नुहुन्छ बाखा्रबाट महिनामा सात हजार कमाउछु कुखुराबाट मासिक दश हजार र गाईपालनबाट चारहजार कमाउछु ।
कल्पना आफुपनि कुनै समय खेर फाल्नुहुन्न र अरुलाई पनि काम गर्नुपर्छ भन्ने सल्लाह दिनुहुन्छ । काम गरेरै धेरै जेथो जोडिसक्नुभएकि कल्पनाको परिवार एक सम्पन्न परीवार भन्दा कम छैन । कल्पनाले आफु यहाँसम्म आईपुग्दा धेरै दुख गरेको र आफुले सकेसम्म सधै यहि कामलाई निरन्तरता दिने बताउनुहुन्छ ।
कल्पनाको संघर्ष पढिसकेपछि आम्मै नभन्ने ब्यक्तिहरु कमै छन् । उहाको कामप्रतिको लगनशिलता र जागरुकताले जो कोहिलाई पनि प्रभाबित बनाउछ । आफुले गरेको कामले कल्पनालाई धेरै सफल बनाईसकेको छ । कल्पनाको कामले अझ सफलताको शिखर चुम्न सकोस ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !