संयोग त्यो १० घण्टाको


सिन्धुली दर्पण 
 
नेपाली फिल्मी जगतमा नयाँ स्वादको फिल्म वनेको छ त्यो १० घण्टा । चलचित्र त निकै स्वादिलो छदैछ चलचित्र निर्माणको पक्ष पनि रमाईलो र स्वादिलो छ । सिन्धुली चिरायावारीका सन्तोष वुढाथोकीको मुख्य भुमिकामा निर्माण भएको हो चलचित्र त्यो १० घण्टा ।  एउटा चलचित्र छाँयाकनका लागी कति समय लाग्ला  सामान्यतया चलचित्रको छाँयाकन एक महिना देखी ४५ दिनसम्म लाग्ने निर्देशकहरु वताउछन् तर त्यो १० घण्टा १० घण्टैमा सकिएको चलचित्र हो ।

१० घण्टामै सकिएको चलचित्रमा १० जनानै कलाकारहरुले अभिनय पनी गरेका छन् । फिल्मको नाम जस्तै चलचित्र निर्माणका भित्रि पाटोहरु पनी १० मै जोडिएका छन् । चलचित्र १० घण्टाको प्रारम्भ भएको ठ्याक्कै १० घण्टापछी चलचित्रका लेखक वाईके पाण्डे दुर्घटनामा परे । त्यसपछी अस्पतालमा भर्ना भएका पाण्डे १० दिनमा डिस्चार्ज भएछन् । चलचित्र लेखक दुर्घटना पर्नु अस्पतालवाट डिस्चार्ज हुनु १० सगै जोडिएको छ । चलचित्र नै असार १० गते चलाउने हल्लापनी नभएको होईन । सिन्धुलीमा जेष्ठ २७२८ र ३१ गते त्यो १० घण्टा चलचित्रले च्यारीटी शो प्रस्तुत गरिसकेको छ ।

 तर नेपालभर असार १७ गतेलाई सारिएको छ । अझ अर्को रमाईलो र रोमााचकारी दृष्य १६ सेकेन्ड लामो ननस्टप किसिङको दृष्य राखिएको छ । अझसम्म १० सेकेन्ड लामो किसिङ नभएको दर्शकहरु वताउछन् । जे होस् सिन्धुलीका उदयमान कलाकारको मुख्य भुमिका रहेको चलचित्र त्यो १० घण्टाले सफलता पावस्  चलचित्रकै भाषामा भन्नुपर्दा ५१ दिन मनाउन सफल हवस् हाम्रो शुभकामना । 



Related

मनोरञ्जन 5409663994939925413

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item