साँचो बुझाउने निर्णयले मन्त्रिपरिषद् विस्तार प्रभावित

http://sindhulidarpan.blogspot.com/2011/09/news_02.html
१६ भदौ, काठमाण्डौ
पार्टीभित्रको विवाद समाधान गर्न स्थायी समितिको बैठक अहिले बिहान बोलाइएको छ । माओवादी सचिव सिपी गजुरेलले पार्टीभित्र नयाँ विवाद सुरु भएकाले मन्त्रिपरिषद् गठनको छलफल त्यता मोडिएको बताउनुभयो । उहाँले आज मन्त्रिपरिषद् विस्तार सम्भव नभएको पनि बताउनुभयो ।
लडाकुका हतियार भण्डारण गरेको कन्टेनरको साँचो विशेष समितिलाई बुझाइएपछि माओवादीमा नयाँ विवाद सुरु भएको छ । साँचो विवादले गर्दा आज मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय पनि प्रभावित हुने भएको छ । तत्काल केही प्रकि्रया सुरु गरेर अन्तिम साँचो बुझाउनुपर्ने मोहन वैद्य किरण पक्षको अडान रहेपनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री तथा उपाध्यक्ष बाबुराम भट्टराईको सहमतिले साँचो बुझाउने निर्णय कार्यन्वयन भएपछि विवाद सुरु भएको हो ।

साँचो बुझाउनुअघि माओवादीभित्र आजै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको थियो । माओवादी र मधेसी मोर्चामा रहेका दलहरुबीच उपप्रधानमन्त्रीको विवादले रोकिएको मन्त्रिपरिषद् विस्तार सत्ताको नेतृत्व गरिरहेको दल माओवादीभित्रैको विवादले ढिला हुने भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !