आज मानव बेचबिखन विरुद्वको पाँचौ राष्ट्रिय दिवस

http://sindhulidarpan.blogspot.com/2011/09/news_06.html
२० भदौ,काठमाण्डौ
आज मानव बेचबिखन विरुद्वको पाँचौ राष्ट्रिय दिवस बिभिन्न कार्यक्रम गरेर देशभर यो दिवस मनाइदैछ । माअनव अधिकार तथा चेलिबेटी बेचबिखन नियन्त्रणको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले मानव बेचबिखन अन्त्यमा जोड दिदै राजधानी काठमाडौं लगायत बिभिन्न जिल्लामा कार्यक्रमको आयोजना गर्दै छन् ।

सन् २००१ मा अन्तरराष्ट्रिय श्रम सङ्गठनले गरेको सर्वेक्षण अनुसार प्रत्येक वर्ष नेपालबाट १२ हजारको संख्यामा नेपाली चेलीहरु बेचिने गरेका छन् । भारतमा नेपाली चेली बेचिने गरेको आधारमा यो सर्वेक्षण गरिएको भए पनि भारत बाहेकका तेस्रो देशमा समेत महिलाहरु बेचिनेक्रम बढेको छ । छिमेकी मुलुक भारतका बिभिन्न कोठीहरुमा तीनदेखि ४ लाख नेपाली युवती रहेको अन्तरराष्ट्रिय श्रम सङ्गठनको अनुसन्धानले देखाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !