मदन भण्डारीमाथि अर्को सिनेमा

-‘दासढुंगा’ निर्माणको अढाइवर्षपछि मदन भण्डारीमाथि अर्को सिनेमा बन्ने भएको छ । एमालेका तत्कालिन महासचिवको राजनीतिक विचार र व्यक्तित्वलाई चित्रण गर्दै राजन राईले ‘मदन भण्डारी माइ लिडर’ सिनेमा बनाउन लागेका हुन् । ‘यो कुनैपनि कोणबाट दासढुंगाजस्तो हुँदैन’ निर्देशक तथा निर्माता राईले मेरोसिनेमासँग भने, ‘एउटा पात्रमार्फत मदन भण्डारीको राजनीतिक विचार र व्यक्तित्वलाई चित्रण गर्ने प्रयास गर्दैछु ।’

राईले ‘मदन भण्डारी माइ लिडर’ बायोपिक श्रेणीको सिनेमा नहुने बताए । ‘उहाँको विचार अहिलेको अवस्थामा कत्तिको सान्दर्भिक छ भन्ने सन्देश हो’ उनले भने, ‘सोभियत संघको पतनपछि कसरी विश्वमा साम्यवादी शिविरहरू ढलिरहेका थिए र त्यो परिस्थितीमा भण्डारीले नेपालमा कम्युनिज्मलाई कसरी बचाएर राखेका थिए भन्ने आधारमा चलचित्र बन्न लागेको हो ।’ भण्डारीबारे टाइम्स म्यागजिनले लेखेको ‘माक्र्स लिभ इन नेपाल’ फिचरलाई पनि सिनेमा निर्माणमा आधार मानिने उनले जानकारी दिए । 

सिनेमाको मुख्य पात्र (वशिष्ठ शर्मा)को भूमिकामा बरिष्ठ अभिनेता हरिहर शर्मा हुनेछन् । पूजना प्रधान, अशोक रिजाल, उद्धव भट्टराई, उपेन्द्र तिमिल्सिना, बसन्त रिजाल आदिले अभिनय गर्नेछन् । अभिनेता भुवन केसीले चलचित्रमा केमियो गर्ने बताइएको छ । अधिकांश सुटिङ इन्डोर हुने बताइएको चलचित्रका निर्देशक राईले यसअघि ‘दृष्टि’ नामक चलचित्र निर्देशन गरेका छन् । ‘कलेज’ उनको टेलिफिल्म हो । उनले भारतको जी इनस्टिच्युटमा टिभी र मिडिया आर्टस्मा डिप्लोमा गरेका छन् । 

दासढुंगा घटना अदालतमा

उक्त चलचित्रमा दासढुंगा घटनालाई अदालतमा सुनुवाइ गरिरहेको दृश्य समेटिनेभएको छ । ‘टाइम म्यागजिनको उक्त फिचरलाई आधार मानेर पात्रहरूमार्फत अदालतमा सुनुवाइ गरिनेछ’ निर्देशक राईले भने, ‘हत्याको बारेमा थुप्रै कोणबाट प्रश्न उठाइन्छन् । यसले सोच्न बाध्य पार्छ ।’ यसअघि मनोज पण्डित निर्देशित ‘दासढुंगा’ले दासढुंगा घटनाको अनुसन्धानमा सक्रिय एक पात्रको भूमिका र अस्थिरतालाई चित्रण गरेको थियो ।   साभार:मेरोसिनेमा 

Related

मनोरञ्जन 8822129703698153527

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item