काठमाण्डु विश्वविद्यालयमा अझै तालावन्दी

प्रकास सुन्दास,मसिंर १३,काभ्रे

काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलमा रहेको काठमाण्डु विश्वविद्यालयमा गत सोमबारदेखि लगाइएको ताला आज आठौँ दिनपनि यथावत रहेको छ । केयुले हरेक वर्ष सञ्चालन गर्दै आएको खेलकुद सप्ताहको विषयलाई लिएर केयु विद्यार्थी कल्याण परिषद्ले धुलिखेल स्थित विश्वविद्यालयको केन्द्रिय प्रशासनीक भवनमा ताला लगाइदिएका छन् ।

रजिष्ट्रारको कार्यालयले विज्ञाप्ति मार्फत विद्यार्थी कल्याणका निर्देशन र सहनिर्देशकले राजीनामा दिएको जनाउँदै खेलकुद सप्ताह स्थगित गर्ने निर्णय गरेपछि आफुहरु आन्दोलनमा उत्र्नि बाध्य भएको केयु कल्याणकारी विद्यार्थी परिषद्का कोषाध्यक्ष प्रदीप पौडेलले जानकारी दिनुभयो । यसैबीच खेलकुद सप्ताह सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा विद्यार्थीहरुबीच नै मतभेद रहेको केयुका उपकुलपति डा.सुरेशराज शर्माले प्रतिक्रिया दिनुभयो ।

 ताला खुलाउने विषयमा विद्यार्थीहरुसँग पटक–पटक वार्ता र छलफल भइरहेको बताउँदै शर्माले आन्दोलनले नै सबै समस्याको समाधान नगर्ने बताउनुभयो । यसैबीच सिन्धुपाल्चोक जिल्लाको फुल्पीङडाँडा गाविस वडा नम्बर ८ विञ्जेलमा रहेको जाल्पा उच्चमाविमा पनि आज बिहानै अखिल छैठौँका विद्यार्थीहरुले ताला लगाइदिएका छन् । विद्यालयमा लामो समयदेखि विज्ञान विषयका शिक्षक नहुदाँल पठनपाठनमा निकै समस्या परेको भन्दै ताला लगाइदिएको विद्यार्थीहरुको भनाइ छ ।

Related

राष्ट्रिय 3771907715079596654

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item