मार्ग शुक्ल पञ्चमी अर्थात विवाहपञ्चमी

जनकपुरधाम,मसिंर १३

आज मार्ग शुक्ल पञ्चमी अर्थात विवाहपञ्चमी, देशभरका हिन्दुहरुले रामजानकीको पूजाआरधना गरि मनाउँदैछन् । यस अवसरमा जनकपुरमा ठूलो धार्मिक मेला लागेको छ ।

नेपालका बिभिन्न जिल्ला तथा भारतीय श्रद्वालुभक्तजनहरुको समेत मेलामा सहभागिता रहेको छ । जनकपुरको धनुषसागर, गङ्गासागर लगायतका ताल, कुण्डमा स्नान गरेर राममन्दिरमा रामचन्द्रको र जानकीमन्दिरमा सीताको दर्शन गर्नेहरुको भीड बढ्दै गएको छ । 

त्रेतायुगमा राजर्षि जनकको प्रतिज्ञालाई मर्यादापुरुषोत्तम श्रीरामले पूरा गरेपछि उनको विवाह राजा जनककी पुत्री सीतासँग आजैको दिन भएको मानी राममन्दिरबाट साधु, सन्तमहन्त, साहूमहाजन र पुजारीसहितको जन्ती जानकी मन्दिरमा गई वैवाहिक संस्कार गर्ने परम्पराछ । 

Related

स्थानिय 1890458704847833159

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item