माओबादी केन्द्रिय समिती बैठकमा बैद्यद्धारा छुट्टै प्रस्ताव पेश वैठक स्थगीत

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_2006.html

१२ पुस सिन्धुली दर्पण काठमाडौ
माओबादीका उपाध्यक्ष मोहन बैद्यले पालुङटार वैठकको भावना अनुशार तत्काल जनविद्रोहको लाईनमा जानुपर्ने तर्क सहितको प्रतिवेदन केन्द्रिय समिति वैठकमा पेश गर्नुभएको छ । पार्टी मुख्यालय कोटेश्वरपेरिशडाडामा आज केहिबेर बसेको बैठकमा अध्यक्ष प्रचण्डको राजनितिक प्रतिवेदन प्रति असहमति जनाउदै उपाध्यक्ष मोहन बैद्यले छुट्टै प्रस्ताव पेश गर्नुभएकोहो ।
अध्यक्षको प्रतिबेदन दक्षिणपन्थि ढुलमुले र बर्तमान संक्रमणकालको समाधानका लागि ठोस कार्यादेश दिने खालको नभएकाले जनविद्रोहवाट नै वर्तमान निकास निस्कने तर्क वैद्यले पेश गरेकेा प्रतिवेदनमा उल्लेख छ । गत शनिवार देखि सुरु भएको केन्द्रिय समिति वैठकमा अध्यक्ष प्रचण्डले शान्ति र संविधानलाई केन्द्रमा राखेर अघि वढ्ने तात्कालीन कार्ययोजना सहितको प्रतिवेदन पेश गर्नुभएको थियो ।
उपाध्यक्ष बैद्यले प्रस्ताव पेश गरे लगतै प्रतिवेदन अध्ययनका लागी भन्दै बैठक भोली सम्मका लागीस्थगीत गरिएको छ ।
यसअघि आजै बिहान बसेको माओबादी पदाधिकारी बैठकले उपाध्यक्ष बैद्यलाई छुट्टै प्रस्ताब फिर्ता लिन आग्रह गरेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !