ब्यबस्थापिका संसदको आजको बैठक सुचना टास गरि स्थगित

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_5446.html

१२ पुस सिन्धुली दर्पण,काठमाडौ
ब्यबस्थापिका संसदको आजको बैठक सुचना टास गरि स्थगित भएको छ । चुल्हो छोएको निहुमा हत्या गरिएका कालिकोटका मनवीर सुनारलाई सहिद घोषणा गर्नुपर्ने लगाएतका दलित सभासदहरुको ५ बुदेमागमा सरकार सहमत नभएपछि बैठक स्थगीत भएका हो ।
दलित सभासदहरुले सहिद घोषणका साथै उचित क्षतिपूर्ती दिनुपर्ने गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्ने हत्यारालाई छुवाछुत बिरुद्धको पनि मुद्धा लगाउनुपर्ने सुनारका छोराछोरीलाई निशुल्क पठन पाठनको ब्यबस्था गरिनपर्ने माग राखेका छन् ।
दलित सभासद र सरकारका प्रतिनिधीबिच आज भएको छलफलमा सरकारले राहत दिने निर्णय गरिसकेकाले यस मुद्धालाई नचर्काउन आग्रह गरपनि दलित सभासदले आफ्ना सबै माग पुरा नभएसम्म संसद चल्न नलिने अडान राखेका थिए ।
यसअघि बिहीबार बसेको संसद बैठक पनि माग पुरा नगरेको भन्दै दलित सभासदले अबरुद्ध पारेका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !