सरोकारवालाहरुको लापरवाहीका कारण विद्यार्थीहरुको भविष्य अन्यौलमा

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_3872.html

पुस १२ सुरेश बिडारी लालबन्दी सर्लाही
व्यवस्थापन समिति तथा शिक्षकहरुको लापरबाहीका कारण सर्लाहीको पत्थरकोट दुइ नाराययणडाँडामा रहेको प्राथमिक विद्यालयमा पठनपाठन नहुने गरेको पाइएको छ । विद्यालयमा शिक्षकहरु नआउने गरेका कारण अध्ययनका लागि विद्यालय पुगेका विद्याथीहरु पनि त्यसै फर्कने गरेका छन् ।
विद्यालय १० बजे खुलेसँगै शिक्षकहरु विद्यालयमा आउनुपर्ने भएपनि ११ बजे आउने र १२ बजे छुट्टी दिने गरेको बुझिएको छ । विद्यालयमा पाँच कक्षा पढेकालाई पनि राम्रोसँग नेपालीमै नामसम्म लेख्न नआउने अभिभावकहरुले बताएका छन् ।
अभिभावकका अनुसार प्रधानाध्यापक विष्णुमणी ढकाल पनि सेवा निवृत्त हुने समय भएकोले विद्यालयका बारेमा पहिलेका दिनमा जस्तो चासो दिने गरेका छैनन् ।
यसैबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर रखालले भने आफू यस विषयमा अनविज्ञ रहेको बताउनुभएको छ । आफू केही दिनदेखि अन्य काममै व्यस्त रहेको समेत उहाँले बताउनुभयो ।
उहाँले दैनिक विद्यालय जाने दायित्व व्यवस्थापन समितिको नभएको बताउनुभयो । विद्यलायमा कक्षा कोठाको अभावमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई एउटै कोठामा राखेर पढाउने गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
रकमको अभावमा निर्माण भैरहेको भवनको निर्माण कार्य पुरा नभएको रखालले बताउनुभयो । तिन जनामात्र शिक्षक रहेको सो विद्यालयमा ८० जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !