कालिकोटमा हत्या गरिएका परिवारलाई १० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय




१२ पुस सिन्धुली दर्पण,काठमाडौ
चुल्हो छोएको कारण मारिएका कालिकोटका मानबिर सुनारका परिवारलाई सरकारले १० लाख रुपैया क्षतिपूर्ति दिने भएको छ । विभिन्न माग गर्दै दलित अधिकारकर्मि सहित सभाषदहरुले आन्दोलन गरेपछि हत्या गरिएको १८ दिन पछि सरकारले आज १० लाख क्षतिपुर्ति दिने निर्णय गरेको हो । सुनारका हत्यारालाई कारबाही गर्न सरकार उदासिन भएको भन्दै दलित सभासदहरुले यसअघि सदन अबरुद्ध गरेका थिए भने हत्याको विरोधमा विभिन्न जिल्ला वन्द समेत गरिएको छ ।
यस्तै बैठकलॆ कारागारको भौतिक र व्यवस्थापकीय सुधारका लागि कार्यदल गठन गरेकेा उपप्रधानमन्त्री एवँ सरकारका प्रवत्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै तराईको बिभिन्न जिल्लामा चिसो र शितलहरका कारण मृत्यु भएका ब्यक्तिको परिवारलाई २५ हजार दिने निर्णय पनि आजको मन्त्रीपरिषद बैठकले गरेको छ ।
मन्त्रीपरिषदले नेपाल पत्रकार महासंघको नयाँ भबन निर्माणका लागि १ करोड सहयोग स्वरुप दिने निर्णय पनि गरेको छ । यसअघि झलनाथ खनाल प्रधानमन्त्री भएकै समयमा रकम दिने घोषणा गरिएपनि बजेटमा भने छुट्याइएको थिएन ।

Related

स्थानिय 4942611628005322272

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item