बैद्य पक्षले बाबुराम भट्टराई नेतृत्वको सरकार पुनर्गठन गर्ने प्रस्तावलाई समेत अस्वीकार गर्ने

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_2592.html


१० पुस, सिन्धुली दर्पण, काठमाडौं ।
एकीकृत नेकपा माओवादीको मोहन बैद्य पक्षले जनविद्रोहमा जाने कार्यदिशाको प्रस्ताव गर्ने भएको छ ।
जनविद्रोहबाट सत्ता कब्जा गर्न नसक्ने निष्कर्षसहित शान्ति र संविधानमा केन्द्रीत हुने अध्यक्षको प्रस्तावमा असहमत उपाध्यक्ष मोहन बैद्य किरणले भोलिको केन्द्रीय समितिको बैठकमा जनविद्रोहको कार्यदिशा प्रस्ताव गर्नु हुनेछ । ‘शान्ति र संविधानका लागि पनि जनविद्रोहको तयारी गर्नुपर्छ’ बैद्य पक्षीय सचिव सचिव गजुरेलले भन्नुभयो-’हाम्रो कार्यदिशा जनविद्रोह नै हो र हामी यसलाई नै अघि बढाउँछौं ।’
अध्यक्षले त जनविद्रोहबाट सत्ता कब्जा गर्न नसक्ने प्रस्ताव गरिसक्नु भएको छ नि भन्ने प्रश्नमा गजुरलले भन्नुभयो-’जनविद्रोह भनेको भनेकै मितिमा हुन्छ भन्ने हैन । हामीले त्यसको तयारी गर्नुपर्छ । त्यसका लागि संघर्षमा जानुपर्छ ।’ जनविद्रोहको तयारी स्वरुप पार्टीले यसअघि अघि सारेको संविधानको प्रस्ताव अनुसार नै संविधान बनाउन पहल गर्ने, जनजीविकाका सवालमा संघर्षका कार्यक्रम थाल्नु पर्ने बैद्य पक्षको प्रस्ताव छ । बैद्य पक्षले प्रचण्डको प्रतिवेदनलाई रुपमा मध्यपन्थी र सारमा दक्षिणपन्थी भनेको छ । बैद्य पक्षीय पोलिटव्युरो सदस्य हरिभक्त कँडेलले भन्नुभयो- ‘अध्यक्षको प्रतिवेदनलाई हामीले मध्यपन्थी र सारमा दक्षिढापन्थी अबसरबादी भनेका छौं, क्रान्तिको खोल ओढेर आत्मसमर्पण गर्न खोजिएको छ ।’
बैद्य पक्षले बाबुराम भट्टराई नेतृत्वको सरकार पुनर्गठन गर्ने प्रस्तावलाई समेत अस्वीकार गर्ने भएका छन् । ‘बाबुरामजी कै नेतृत्वको सरकारमा हामी कुनै हालतमा जाँदैनौं’ सचिव गजुरेलले भन्नुभयो-’यहि सरकारलाई पुनर्गठन गर्ने प्रस्ताव अस्वीकार गछौं ।’
पार्टी एकताको प्रस्ताव भनिएपनि अध्यक्षको प्रतिवेदनले पार्टीमा औपचारिक रुपमा फुटको विजारोपण गरेको बैद्य पक्षको आरोप छ । अहिलेसम्म आफूहरुले फुटलाई स्वीकार नगरेको भन्दै पोलिटव्युरो सदस्य कँडेलले नेतृत्वलाई सच्याउने गरी फरक मत ल्याउने बताउनु भयो । पार्टीको निर्णय विपरित निर्णय र सहमति गर्दै अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्राईले पार्टीमा फुटको प्रयास थालेको र अहिले अध्यक्षको प्रतिवेदनले त्यसलाई औपचारिकता दिएको उहाँको भनाई छ । ‘विचार र विधि नै फरक भइसकेको छ’ उहाँले भन्नुभयो-’उहाँहरुले फुटको प्रस्ताव राखेपनि हामीले स्वीकार गरेका छैन । हाम्रो प्रयत्न भनेको अहिलेको बैठकमा नेतृत्वलाई कमिकमजोरीहरु सच्याउन लगाउने हो । तर, त्यो सम्भावना कम हुँदै गएको छ ।’ पार्टी नेतृत्वले लिएको विचार र कार्यशैलीका आधारमा जनवादी क्रान्ति मात्र हैन बुर्जुवा क्रान्ति समेत नहुने उहाँको भनाई छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !