गृहमन्त्री गच्छदारसहितको टोली चीन प्रस्थान


१० पुस, काठमांडौ ।

चिनियाँ प्रधानमन्त्री बेन जियाबाओको आसन्न नेपाल भ्रमणको वातावारण बनाउन उपप्रधान तथा गृहमन्त्री बिजयकुमार गच्छदार आइतबार चीन प्रस्थान गर्नु भएको छ ।

उच्च अधिकारी सम्मिलित ६ सदस्यीय टोली लिएर जान लाग्नुभएको गच्छदारले प्रधानमन्त्री बेन जियाबाओ, समकक्षी मेङ जियाङझु लागयतका उच्च पदस्थ अधिकारीलाई भेटने कार्यक्रम रहेको छ ।

गच्छदारले चिनियाँ पक्षलाई नेपालको सुरक्षा ब्यबस्था कडा पार्ने र तिब्बतीतहरुको सम्भावित प्रर्दशनलाई निस्तेज पार्ने कुरामा आश्वस्त तुल्याउन सकेमात्र चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमण तय हुने उच्च स्रोतको दावी छ ।

यसअघि गच्छदारले चिनियाँ पक्षबाट भ्रमणका लागि आएका थुप्रै निम्ता अस्वीकार गर्नुका साथै नेपाल भ्रमणमा आएका चिनियाँ उच्च अधिकारीलाईसमेत भेटन अस्वीकार गरेका थिए । गच्छदारकै शंकास्पद भूमिकाका कारण नेपालको सुरक्षाप्रति चिनियाँ पक्ष आश्वस्त हुन नसकेको र प्रधानमन्त्रीको भ्रमण स्थगित भएको बताइएको छ ।

टोलीमा गृहमन्त्रालय सुरक्षा महाशाखा प्रमुख शंकर कोइराला, शसस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्रकुमार श्रेष्ठ, नेपाली सेनाका जर्नेल नरबहादुर कंडेल, नेपाल प्रहरीका एआईजी भिष्म प्रसाईं लगायत रहनेछन् । गच्छदारसँग राम्रो सम्बन्ध नरहेका कारण प्रहरी प्रमुख रविन्द्रप्रताप शाहलाई टोलीमा समावेश नगरि प्रसाईलाई लगिएको हो ।

चीन प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री गच्छदारले शान्ति सुरक्षाका क्षेत्रमा नेपाल-चीनसम्वन्ध विशेष भएको भन्दै भ्रमण यसमै केन्द्रीत हुने बताउनु भयो । रक्षामन्त्रीको समेत जिम्मेबारी सम्हाल्नु भएका गच्छदारले नेपाली सेनालाई दिँदै आएको सहयोग विस्तारबारे समेत छलफल हुने बताउनु भयो । गृहमन्त्री गच्छदारलाई विदाई गर्न चिनियाँ राजदूत याङ होउलान विमानस्थलमा पुग्नु भएको थियो ।

Related

स्थानिय 2936660204579713818

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item