शान्ति सुरक्षा खस्कँदै गएकाले सरकार निकम्मा भएको एमाले अध्यक्षको टिप्पणी

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_9770.html

१० पुस, सिन्धुली दर्पण, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले शान्ति र संविधान निर्माणमा वर्तमान सरकार कमजोर भएको टिप्पणी गर्नुभएको छ । धरानमा आजदेखी सुरु भएको नेकपा एमाले कोशी अन्चलस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष खनालले सरकारले शान्ति सुरक्षाको अवस्थामा पनि सुधार गर्न नसकेको जिकीर गर्नुभयो ।
सात बुँदे सहमति कार्यान्वयनमा माओवादी जिम्मेवार नभएको आरोप लगाउनुभयो र थप्नुभयो ः माओवादीभित्रको अन्तरविरोधले शान्ति र संविधानमा पनि असर परेको छ । विवाद समाधान उपसमितिमा निर्णय भएका कुरा संवैधानिक समितिमा गएर अड्किनु रहस्यमय भएको भन्दै नेता खनालले स्वेच्छिक अवकाश रोज्ने लडाकुलाई अवकाश नदिनुका पछाडि षड्यन्त्र लुकेको आशंका गर्नुभयो । भेलामा उपाध्यक्ष वामदेव गौतम विद्या भण्डारी महासचिव ईश्वर पोखरेल स्थायी कमिटि सदस्य केपी ओली लगायत शीर्ष नेताहरुको उपस्थिति थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !