भागवतगीतालाई प्रतिबन्ध लगाउन साइवेरीयामा दायर भएको मुद्दाको विरोधमा प्रशासनमा ज्ञापनपत्र


पुस ११ सुरेश बिडारी लालबन्दी सर्लाही

भागवद्गीतालाई उग्रवादी साहित्य भनि प्रतिबन्ध लगाउनुपर्ने माग राख्दै रुसमा दायर भएको मुद्दाको विरोधमा श्रीमद् भागवत प्रचार प्रसार सेवा संघ सर्लाही महोत्तरी रौतहट र धनुषाले जिल्ला प्रशासन कार्यलयमा आज ज्ञापन पत्र बुझाएका छन् । सर्लाही जिल्ला समिति अध्यक्ष दिनेश प्रसाद वाग्लेको नेतृत्वमा सदरमुकाम मलङ्गवा पुगेको भागवतप्रमीहरुको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी सुन्दर राज अर्याल समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।
सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले चाडै नै प्रधानमन्त्री समक्ष पुर् याइदिने प्रतिवद्धता जनाउनु भएको श्रीमदभागवत प्रचार प्रंसार सेवा संघका सचिव उमेश दहालले जानकारी दिनुभयो ।

त्यस्तै महोत्तरीमा संघका जिल्ला अध्यक्ष रामेश्वर पदहालको नेतृत्वमा रौतहटमा अध्यक्ष देवलोचन खरेल र धनुषामा गङगाराम मङग्राति नेतृत्वको टोलीले दिउँसो १ बजे आ-आफ्नो जिल्लाको प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएका छन् । संघले बुझाएको विज्ञप्तीमा रसियन भाषामा अनुदित प्रकाशनलाई अतिवादी साहित्यको संज्ञा दिदै भागवद्गीतालाई प्रतिबन्ध लागाउनुपर्ने माग सहित साइबेरियाको त्इःक्प् टाम्स्क अदालतमा दायर गरिएको मुद्दामा गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

धर्म सत्य र न्यायको पक्षमा रहेको गीता माथी अतिवादीको आरोप लगाउनु विकृत मनस्थीतिको उपज भएकोले मुद्दा दायर गर्नेलाई कारबाहीको माग गरिएको छ । बहुसंख्यक हिनुहरुको बसोबास रहेको देशका प्रधानमन्त्रीले रुसी समकक्षीसँग कुटनीतिक पहल गरी मुद्दा फिर्ता गराउन विज्ञप्ीमा आग्रह गरिएको छ ।

यसैबीच अनन्त श्री विभुषित नेपाल राष्ट्रका प्रथम जगतगुरु बाल सन्त मोहन शरण देवाचार्य माहाराजले सर्लाही लालबन्दीको डुमडुमे मन्दिर परिसरमा निर्मित राधाकृष्ण मन्दिरको प्रमुख संरक्षकत्व ग्रहण गर्नुभएको छ । श्रीमदभागवत प्रचार प्रसार समिति लालबन्दीको आयोजनामा आज भएको कार्यक्रममा उहाँले राधाकृष्ण मन्दिरको प्रमुख संरक्षकत्व ग्रहण गर्नुभएको हो ।

कार्यक्रममा प्रवचन दिनुहुँदै उहाँले नेपालमै अनगीन्ति पवित्र तिर्थ स्थल रहेकाले नेपालीहरुले तीर्थाटन गर्न अन्यत्र जानुनपर्ने बताउनुभयो । नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न आफू सधै लागि पर्ने बताउनुभयो । कार्यक्रममा धार्मिक तथा अध्यात्मिक चेतना विस्तारमा उल्लेख्य योगदान पुर् याउने पण्डित तथा मन्दिर निर्माणमा महत्वपूर्ण आर्थिक सहयोग पुर् याउने ५ जना व्यक्तित्वलाई दोसल्ला र प्रसशा पत्रका साथ सम्मान गरिएको थियो ।

सम्मानित हुने व्यक्तित्वहरुमा पण्डित चन्द्र रमण पोखरेल पण्डित द्विजेन्द्र कोइराला जानुका सुवेदी भक्तकुमारी भट्टराई र सोम प्रसाद न्यौपाने रहेका छन् । समिति अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा भवन निमार्ण समितिका अध्यक्ष माधव सुवेदिले स्वागत म्ान्तब्य राख्नु भएको थियो ॥

Related

स्थानिय 1620306651638553178

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item