लालबन्दीमा भएको सवारी दुर्घटना एक किशोरी गम्भिर घाइते, दलित मारिएको घटना विरुद्ध सर्लाहीका दलितहरुद्वारा चक्का जाम

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_9907.html

पुस ११ सुरेश बिडारी लालबन्दी सर्लाही
पूर्व पश्चिम राजमार्ग अन्र्तगत सर्लाहीको लालबन्दीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । पश्चिमबाट पूर्व जाँदै गरेको ना २ ख ९२१३ नम्बरको ट्रकको ठक्करबाट लालबन्दी ४ बस्ने मुन बहादुर खड्काको अन्दाजी पन्ध्र बर्षिय छोरी मनिषा खड्का गम्भिर घाइते भएकी हुन् ।
स्थानीय रगवेल एकेडेमीमा कक्षा ९ मा अध्यनरत घाइते खड्काको हरिवन स्थित नमुना अस्पतालामा सामान्य उपचार पछि थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको प्रहरीले जनाएको छ दुर्घटना पछि आक्रोशित भिडले एउटा बसमा तोडफोड समेत गरेका थिए भने घटना पछि एक घण्टा राजमार्गमा चक्काजाम भएको थियो । लालबन्दीमा राजमार्गको ८२।५ फिट भीत्रै बजार लाग्ने गरेकोले धेरै दुर्घटना हुने गरेको भएपनि सम्बन्धित निकाय मौन बसेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।
यसैबीच होटलको चुल्हो छोएको आरोपमा कालिकोटमा दलितको हत्याको विरोधमा सर्लाहीका दलित संघसंगठनहरुले आज हरिवनमा विरोध प्रदर्शन गरेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरिवनमा बिहान विभिन्न नाराहरु लगाउँदै उनीहरुले विरोध प्रदर्शन गर्नुका साथै एक घटा चक्का जाम गरेका । मृतक मनविर सुनारलाई शहिद घोषणा गर्नुपर्ने पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र हत्याराहरुलाई कडा भन्दा कडा सजाय हुनुपर्ने माग सहित विरोध कार्यक्रम गरिएको संघर्ष समितिका संयोजक राजकुमार विश्वकर्मा बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !