माओवादी विवादका कारण संविधान निमार्ण वाधा पर्न थालेको संवैधानीक समितिका सभापति निलाम्बर आचार्यको आरोप

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_8515.html

११ पुस सिन्धुली दर्पण काठमाण्डौ
संवैधानीक समितिका सभापति निलाम्बर आचार्यले माओवादी भित्रको विवादका कारण संविधान निमार्ण वाधा पर्न थालेको आरोप लगाउनुभएको छ । सभापति आचार्यले दलहरुको पछिल्लो विवादका कारण संविधान निर्माणको आसा हराउदै गएको बताउनु भयो ।
यद्दपी दलहरुविच सहमति भए बाँकि पाँच महिनामा संविधान बन्ने उहाँले दावी गर्नुभएको छ । कार्यतालीका बनीसकेका कारण दलहरु एक भएर अघि बढे समयमै संविधान आउनेमा दुविधा नभएको आचार्यको भनाई थियो ।
आचार्यले जेठ १४ गते भित्र संविधान निमार्ण गरी संविधान सभालाई सम्मान जनक विदाई गर्नु पर्ने धारणा राख्नुभएको छ । संवैधानीक समितिले पुस २० भित्रमा संविधानका विषयमा टुङ्गो लगाउनु पर्ने भएका कारण पुस १५ सम्ममा विबाद समाधान उपसमितिले टुङ्गो लगाउनै पर्ने आचार्यको भनाई छ ।
यसैबीच राज्य पुनःसंरचना सुझाव उच्च स्तरिय आयोगले एक महिनामा भएका कामको समिक्षा गरेको छ । आयोगको आज बसेको बैठकमा सरकारले तोकेको समयमा आयोगले आफ्नो जिम्मेवारी पुरा गर्न सक्ने वा नसक्ने भन्ने विषयमा छलफल भएको श्रोतले जनाएको छ ।
आयोग गठन भएको एक महिना पुगेको र अव एक महिना मात्र वाँकी रहेकाले आयोगले आफ्ना कामको समिक्षा गरेको हो । पहिचान र सामथ्र्यको आधारमा राज्य पुनः संरचनाका लागि सुझाव दिने कार्यादेश पाएको आयोगले विभिन्न विषयमा विज्ञसंग छलफल गर्ने कार्ययोजना बनाएपनि आज सम्म कसैसंग छलफल गरेको छैन् । आयोगले विभिन्न विषयका २७ जना विज्ञसंग छलफल गर्ने योजना वनाएको थियो । आयोगले आज सम्म आन्तरिक कार्यविधि र सामान्य छलफल वाहेक केही काम नगरेको श्रोतले वताएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !