अस्टेलियन राजदुतद्धारा लघु उद्योग निरीक्षण
http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_11.html
मिनकुमार दाहाल,सिन्धुली,माघ २८
लघु उद्यम विकास कार्यक्रमको गतिविधिका वारेमा शुक्रवार अस्टेलियन राजदुत सुसान ग्रेसले निरिक्षण तथा अवलोकन गर्नुभएको छ । अस्टेलियन सरकारको सहयोगमा सिन्धुली जिल्लामा लघु उद्यम विकास कार्यक्रम (मेडेप) संचालन गरिएको थियो । लघु उद्यम विकास कार्यक्रम लागु भए देखीको गतीविधिका वारेमा सो कार्यक्रमका संयोजक वेदराज दाहालले राजदुत ग्रेसलाई जानकारी गराउनु भएको थियो ।
लघु उद्यम विकास कार्यक्रमको सहयोगमा जिल्लाका विभिन्न गाँउ विकास समितीका लघु उद्यमीहरुले उत्पादन गरेका सामानहरु राजदुतलाई देखाएका थिए । थोरै लगानीमा घरमै वसेर उत्पादन गर्न सकिने वासका सामानहरु नाङ्गलो,डोका,डालो,चाल्लो,मान्द्रा,अल्लोवाट उत्पादन गरीएको धागो,जुनार र काउली कटहरुको जुस र स्क्वास,जामजेली,मोवाईल स्टेन,अगरवत्ति लगायतका सामाग्रीहरु लघु उद्यमीहरुले अस्टेलियन राजदुत ग्रेसलाई जिल्ला विकास समितीको एचआरडी हलमा भएको थियो ।
कमलामाई नगरपालीका भित्र संचालन गरिएका अगरवत्ति लगायतका साना उद्योगहरु हेर्न राजदुत ग्रेस लघु उद्यमीहरुको घरमा पुग्नुभएको थियो । सो अबसरमा लघु उद्यमीहरुले ठुला उद्योगहरु सिन्धुलीमा स्थापना गर्न अष्टेलियन राजदुतसँग आग्रह गरेका थिए । राजदुत सुसान ग्रेसले धेरै ठुला लगानीमा ठुला उद्योगहरु संचालन गर्नु भन्दा थोरै लगानीमा धेरै मानिसहरुलाई समेट्ने खालका साना उद्योगहरु संचालन गर्दा साना उद्योगीहरुलाई फाइदा हुने वताउनुभयो ।
उद्योगहरु स्थापना गर्नु भन्दा उत्पादन भएका सामाग्रीहरु विक्रीको लागी वजार खोज्न जरुरी देखीएको उनले लघु उद्यमीहरुलाई वताइन् । लघु उद्यमीहरुले लघु उद्यम विकास कार्यक्रम जिल्लाको ५३ वटै गाँउ विकास समितीमा लागु गर्न सहयोग पु¥याइ दिन आग्रह गर्दा राजदुत ग्रेसले तपाइहरुको माग अस्टेलियन सरकार समक्ष पु¥याएर कार्यक्रम थप गर्न लविङ्ग गर्ने साना उद्यमीहरुलाई सो अवसरमा वचन दिनुभएको छ ।
| अस्टेलियन राजदुतलाई स्वागत गर्दै जिल्ला विकास समितीको हल लघुउद्यमीहरु |

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !