सिन्धुलीमा राहदानी आउन ढिलो भएपछि सेवाग्राही मर्कामा
http://sindhulidarpan.blogspot.com/2012/02/news-of-sindhuli_11.html
चीना थापा,सिन्धुली,माघ २८
जिल्लाबाटै रहदानी वितरणको निर्णयसँगै उत्साहित बनेका सेवाग्राहीहरु जिल्ला प्रशासन कार्यालयमा राहदानी आउँन ढिलाई भएका कारण सेवाग्राही मर्कामा परेका छन् । ‘विदेश जानका लागि आफ्नै जिल्लाबाट राहदानी पाउने भइयो भनेर चाडै होला भनि राहदानी फारम भरेको करीब ५० दिन भइसक्यो राहदानी आएको छैन् ।’ राहदानी लिन जिल्ला प्रशासन पुग्नुभएका रतनचुरा सात नयाखर्कका नारायण थापाले गुनासो गर्नुभयो ।
मंसिर २५ गतेबाट जिल्लामै राहदानी फारम भरी संयोजक केन्द्र हुँदै केन्द्रिय राहदानी विभागमा पठाउन थालिएको राहदानी हालसम्म मुई लटको मात्र तयार भई सिन्धुली जिल्ला प्रशासनमा आएको र उक्त राहदानी सेवाग्राहीलाई वितरण गरीएको निमित्त प्रमुख जिल्ला अधिकारी बिमल कुमार पोखरेलले बताउनुभयो ।
उहाँले भन्नुभयो " केन्द्रीय कार्यालय भन्दा संयोजन कार्यालयमा ढिलो हुने गर्छ १५ दिनको जम्मा पारेर संयोजक केन्द्र धनुषा हामी पठाउछौ", धनुषामा अरु जिल्लाको सहित संकलन गरी पठाउने भएकाले ढिलो हुने गरेको छ । पोखरेलका अनुसार सिन्धुलीको राहदानी फारम सिधै केन्द्रिय राहदानी विभागमा पठाउन पनि पहल भइरहेको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !