भ्यालेन्टाइन सिनेमाका पेयर्जहरू
http://sindhulidarpan.blogspot.com/2012/02/entertaintment_2020.html
- नेपाली सिनेमामा भ्यालेन्टाइन फिभर सुरु भैसकेको छ । भ्यालेन्टाइन छेकोमा लभस्टोरी सिनेमाहरू धमाधम रिलिज भैरहेका छन् । यो सिजनमा संसारभरि नै लभस्टोरी सिनेमा रिलिज हुनु नौलो होइन, बलिउड र हलिउडमा समेत लभस्टोरी सिनेमा प्रदर्शन हुँदैछन् । ‘आइएम सरी’देखि सुरु नेपाली सिनेमाको भ्यालेन्टाइन यात्रा ‘मिस यू’, ‘मायाको बारीमा’सम्म पुग्नेछ । हामी यहाँ यसपटकका भ्यालेन्टाइन जोडीहरूको चर्चा गर्दैछौं ।
आर्यन सिग्देल र केकी अधिकारी
यो भ्यालेन्टाइन जोडी अभिनित सिनेमा ‘आइएम सरी’ शुक्रबार रिलिज भैसकेको छ । यी दुई जोडीको रसायन पनि मिलेको ठानिएको छ । भौतिक सम्पन्नताबाट टाढिएर स्वतन्त्रता र खुशिका लागि परिवार र समाज त्याग्ने अनि गाउँले जीवन मनपराउने जोडीको रुपमा आर्यन र केकीले अभिनय गरेका छन् ।
दिलीप रायमाझी, नम्रता श्रेष्ठ र बरुण राणा
दिलीप रायमाझी, नम्रता श्रेष्ठ र बरुण राणा

‘मिस यू’मा यी तीनजनालाई देख्न सकिन्छ जहाँ त्रिकोणको लभस्टोरी छ । विदेशमा सँगै पढ्ने अनि मिल्ने साथीको भूमिकामा तीन छन् । नम्रता करिब दुईवर्षको अन्तरालमा कमब्याक गरेकी हुन् । शारीरिक चाहना र मनदेखिको प्रेमबीचको भिन्नतालाई तीनैजनाले चित्रण गरेका छन् ।
राजेश हमाल र करिश्मा मानन्धर
राजेश हमाल र करिश्मा मानन्धर

नेपाली सिनेमाकै सदावहार पेयर्ज पुनः ‘मायाको बारीमा’माबाट पुनरामगन गरेको छ । यो सिनेमामा यी दुईको भूमिका हिरो हिरोइन नभएर बाबुआमाको रुपमा हो । भिन्न भूमिकाबाट राजेश र करिश्माको जोडीले भ्यालेन्टाइन मनाउने तयारी गरेको छ ।
यशराज गाराच र केकी अधिकारी
यशराज गाराच र केकी अधिकारी

केकीका लागि यसपटकको भ्यालेन्टाइन डबल हुनेछ । एउटा आर्यन र अर्को यशराजसँग । ‘मायाको बारीमा’ यशराज र केकीले युवापुस्ताको भूमिका गरेका छन् । पारिवारिक अवरोधका बीच यो जोडी पर्दामा एकअर्कालाई निकै प्रेम गर्छ । यो जोडीबीचको प्रेम आमतन्नेरी पुस्ताको प्रतिनिधित्व प्रेम पनि हो ।
- मेरोसिनेमा,
- मेरोसिनेमा,



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !