आहा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दीलाई
http://sindhulidarpan.blogspot.com/2012/02/sports_6068.html
काठमाडौं,माघ २८
मनाङ मस्र्याङ्दी क्लबले आहा गोल्डकप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनल भिड्न्तमा जाउलाखेल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मनाङ तेस्रो पटक विजेता बनेको हो ।
मनाङले वि. सं. २०६० र ६१ सालमा उपाधि जितेको थियो । पोखरा रंगशालामा भएको खेलमा मनाङले खेलको ६१ औं मिनेटमा शिव श्रेष्ठको गोलबाट अग्रता लिएको थियो ।
कालु थापाको क्रममा शिवले आकर्षक हेड गोल गरेका हुन् । खेलको अतिरिक्त समयमा शुलभ मास्कले मनाङका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरे ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !