नेपाली महिला क्रिकेट टोलीद्धारा एसीसी यू १९ च्याम्पिनयसिमको उपाधी माथि ह्याट्रिक
http://sindhulidarpan.blogspot.com/2012/02/sports_11.html
काठमाडौ, माघ २७
कुवेतमा सम्पन्न १९ वर्ष मुनि उमेर समूहको एसीसी वुमन्स च्याम्पियनसीपको फाईनलमा थाईलैण्डलाई ६ विकेटले हराएर उपाधी हात पार्दै नेपाले प्रतियोगिताको उपाधीमा ह्याट्रिक गरेको छ । जवाफी खेलमा कमजोर सुरुवात गरेको नेपाली टोली क्रमस सम्हालिदै चार ओवर बाँकी छदै चार विकेटको क्षतीमा थाइल्याण्डले प्रस्तुत गरेको ७५ रनको मध्यम चुनौती पार गरेको हो । हुवारा क्रिकेट मैदानमा टस जिती पहिला फिल्डिङ रोजेको नेपालले थाइल्याण्डलाई ब्याटिङमा निम्त्याएको थियो । थाइल्याण्डले २३ ओभर ४ बलमा अल आउट हुँदै जम्मा ७४ रन जोडेको थियो । जितका लागि ७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले अनुराधा चौधरी, द्रौपदी कुवर, कविता र ईन्दु बर्मालाई गुमाएको थियो । नेपालको जीतमा रुविना क्षेत्री २४ र ममता चौधरीले २१ रनको अविजित योगदान गरेका थिए ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !