सर्लाहीको छटौलमा भीषण आगलागी, एक करोड क्षति


सर्लाही,फागनु १३ 

सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने छटौल गाविस वडा नं. ८ र ९ मा अहिले भीषण आगलागी भईरहेको छ । दुवै वडाका गरी अहिले सम्म २० वटा फुसको घर पूर्ण रुपमा जलेर नष्ट भईसकेको छ । अहिले प्रहरी र स्थानीयवासीले आगलागीको नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।

करिब ५०/६० प्रतिशत आगलागी नियन्त्रणमा आएको भएपनि पूर्ण रुपमा अझै नियन्त्रणमा आउन नसकेको घटनास्थलमा रहनु भएका गडैयास्थित ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक शाहीले जानकारी दिनु भयो । घर तथा घर भित्रका अन्न, लत्ताकपडा लगायतका सामान गरी आगलागीबाट एक करोड बराबरको क्षति भएको अनुमान गरिएको उहाँले बताउनुभयो । 

Related

समाज दर्पण 3912851583996972738

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item