'विरोध स्वरुप शिक्षकले शनिवार पढाए'


मिनकुमार दाहाल,सिन्धुली,फागुन १३ 

आफ्ना मागहरुलाई नेपाल सरकारले ध्यान नदिएको भन्दै सिन्धुली जिल्लाका शिक्षकहरुले विरोध स्वरुप शनिवार विद्यालय खोलेर विद्यालयमा पठन पाठन गरेका छन् । नेपाल शिक्षक युनियन र नेपाल शैक्षिक गणतान्त्रिक मंचले संयुक्त रुपमा शिक्षकहरुलाई शनिवार विद्यालय खोली विद्यार्थीहरुलाई पढाउन निर्देशन दिएको दिएको थियो । कमलामाई नगरपालीका–२ को वरुणदेवी माध्यमिक विद्यालय खट्टारका शिक्षकहरुले शुक्रवार विद्यार्थीलाई शनिवार पढाउने जानकारी गराएको शिक्षीका भावना श्रेष्ठले वताउनुभयो । अस्थायी शिक्षकलाई प्रकृया पु¥याएर स्थायी गर्नु पर्ने तथा राहत दरवन्दीका शिक्षकहरुलाई साधारण दरवन्दीमा परिणत गर्नु पर्ने लगायत शिक्षकका मागहरु प्रती सरकार उदासिन वनेकोले विरोध स्वरुप आइतवार पढाउनु पर्ने पाठ शनिवार पढाएको शिक्षीका श्रेष्ठको भनाई छ  । 

आइतवारको पाठ शनिवार पढाए पछि विद्यालय आइतवार वन्द गर्ने उहाँले वताउनुभयो । आज कक्षा एक देखी दश सम्म पढाइ भएको छ उहाँले भन्नुभयो ।  सोही विद्यालयमा पढाइ रहेकी अर्का शिक्षीका शोभा देवकोटाले शिक्षकको ४७ सुत्रिय मागलाई राज्यले व्यवास्ता गरेको कारण शिक्षकहरुले शनिवार कक्षा संचालन गर्नु परेको वताउनुभयो । हप्ताको एक दिन शनिवार सँधै विदा हुने भए पनि वरुणदेवी माध्यमिक विद्यालयमा शनिवार विद्यार्थीको वाक्लो उपस्थित रहेको थियो । हाम्रो काम पढ्ने हो शिक्षकहरुले शनिवार विद्यालयमा पढाइ हुन्छ, आउनु भन्नु भएकोले पढ्न आएको विद्यार्थीहरुले वताउनुभयो । शिक्षकहरुले हामीलाई जुन दिन वोलाए पनि पढ्न आउ छौं वरुणदेवीका विद्यार्थीहरुले सामुहिक रुपमा भन्नुभयो । सिन्धुलीमा जनज्योती उच्च मावि भन्दा वाहेक जिल्लाका सवै विद्यालयमा शनिवार कक्षा संचालन गरिएको छ । जनज्योति उच्च माध्यमिक विद्यालयका नेपाल रेडक्रश सोसाईटीको ३२ औं राष्ट्रिय जुनियर युवा रेडक्रस गोष्टी हुने भएकोले त्यहाँ शिनिवार पढाइ हुन नसकेको शिक्षकहरुले वताएका छन् । चण्डेश्वरी उच्चमावि डाडीगुराँसेका शिक्षक कुष्ण ढुङ्गेले  शिक्षकहरुको हकहितका लागि विभिन्न ४७ सुत्रिय माग सहित शनिवार विद्यालयमा कक्षा संचालन गरेर आन्दोलनमा उत्रिएको  वताउनुभयो । । शैक्षिक गणतान्त्रिक मन्च र नेपाल शिक्षक युनियनले केही दिन अगाडी संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरेर तेस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको ढुङ्लले वताउनुभयो ।

 शनिवार विद्यालयमा शिक्षकहरुले पढाएको प्रती कमालामाई नगरपालीका–२ खट्टारका अभिभावक ढकप्रसाद देवकोटाले आइतवार पढाउने पाठ शनिवार पढाएर शिक्षकहरुले गरेको आन्दोलन उनीहरुको ठाउँमा ठिकै होला, तर अहिलेको अवस्थामा विद्धान शिक्षकहरुले विभिन्न मागहरु राख्दै आन्दोलनमा उत्रनु गलत भएको देवकोटाको वताउनुभयो । सरकार आफैले गरेका निर्णयहरु कार्यान्वयन गर्न नसक्ने अवस्थामा छ । त्यस्तो अवस्थामा शिक्षकहरुले माग राख्नुको कुनै अर्थ छैन । र शिक्षकहरुले उठाएका सवै माग पुरा गर्न सम्भव नभएको खट्टारका स्थानिय अभिभावक देवकोटाले वताउनुभयो । 

Related

स्थानिय 4435808244797640364

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item